
हिउँदे झरी अझै लम्बिने संकेत
प्रकाशित मितिः आइतवार, फाल्गुन ५, २०७५
|
सुर्खेत । भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ ।
सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार विहानबाट भित्र