Loading... 16 May 2021|   आइतवार, जेष्ठ २, २०७८   

होली गीतमा दीपाश्री निरौलाको “ठुम्का” ( भिडियो )

  |  117 Views

शिव सत्याल, काठमाडौं ।

बुलबुले खबर ।  लाकार एवम निर्देशक दीपाश्री निरौला र राष्ट्रगितका लागि चर्चित गायक सुमीत खड्का को स्वरमा आज “धनिया के होली” गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । अधिकांस कलाकार छक्का पन्जा समुहकै रहेका यो गीत झट्ट हेर्दा यो टिमको आउने फिल्मको आईटम गीत रहेको आभास हुन्छ ।

दिप नारायण राजबंशीको शब्द र निरज श्रेष्ठको संगित रहेको सो गीतको निर्देशन दीपाश्री ले आँफै गरेकी छिन भने गीतको लगानी “छक्का पन्जा” समुहको नै रहेको छ । बिपिन मल्लको सम्पादक रहेको सो गीतको नृत्य निर्देशकमा शिशिर खाती र छायाकंनमा हरी हुमागाईको रहेको छ ।

धेरै समय पछी नायिका एवम निर्देशक दीपाश्री निरौलाको यो होली गीतमा “ठुम्का” लगाइएको हेर्न पाईन्छ।

दीपाश्री निरौला, दीपक राज गिरी ,किरण केसी, केदार प्रसाद घिमिरे ( माग्ने बुढा ) , शिवहरी पौडेल, जयनन्द लामा, सुमन गिरी भान्जा, अनुराग कुवँर लगायत कलाकारहरु अभिनय रहेको सो गीत “छक्का पन्जा मेडिया” नामक युट्युब बाट रिलिज गरिएको हो ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

 

प्रकाशित मितिः शनिबार, चैत्र ७, २०७७     7:32:55 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।