Loading... 18 April 2021|   आइतवार, बैशाख ५, २०७८   

सुर्खेत विमानस्थल विस्तारका लागि अधिग्रहण जग्गाको विवरण संकलन गरिदै

  |  527 Views

सुर्खेत । सुर्खेत विमानस्थल विस्तारका लागि अधिग्रहण जग्गाको विवरण संकलन शुरु गर्न लागिएको छ । 
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले तत्काल अधिग्रहण जग्गाको विवरण संकलन गर्ने र जग्गा रोक्का गर्ने निर्णय गरेको हो ।
विमानस्थलको एप्रोज लाइट, एक हजार पाँच सय ५५ मिटर धावनमार्ग र रात्रीकालिन उडानसहितको विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारवीच यसअघि नै सम्झौता भएको थियो ।
सम्झौताअनुसार कामलाई तिव्रता दिन मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज सर्वपक्षिय बैठकले तत्काल प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गा कित्ता विवरण, क्षेत्रफल र तीन पुस्ते विवरण तयार गर्न निर्देशन दिएको हो ।
विवरण संकलनसँगै विमानस्थल विस्तारका क्रममा प्रभावित नागरिकहरुको जग्गा रोक्ने प्रक्रिया समेत अघि बढाउन बैठकले निर्देशन दिएको छ । मुल्याँकन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी हुने भएकाले उनले नै काम अघि बढाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव आनन्द सारुले जानकारी दिए ।
उनकाअनुसार बैठकले तीन दिनभित्र बैठक आह्वान गरेर काम अघि बढाउन निर्देशन दिएको छ । दिर्घकालिन सोचसहित विस्तार गर्न लागेको विमानस्थल विस्तार क्रममा हुने समस्या समाधान गर्न सर्वदलिय र सर्वपक्षिय समिति गठन गरिने छ ।
विमानस्थल विस्तारका क्रममा प्रभवितहुने नागरिकहरुलाई भने ४५ प्रतिशत रकम प्रदेश सरकार र पाँच प्रतिशत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने सहमति गरिएको छ । बाँकी ५० प्रतिशत रकम भने केन्द्र सरकारले व्यहोर्नेछ ।
बैठकमा मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सर्वराज खडका, प्रमुख जिल्ला अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारी, प्रदेश सरकारका सचिवहरुको उपस्थिति थियो ।

प्रकाशित मितिः बिहिबार, पुस २, २०७७     9:02:05 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *