सुर्खेत । नेपाली काँग्रेस सुर्खेतले सरकार विरुद्ध प्रदर्शन गरेको छ । सरकार नालायक भएको, भ्रष्टचारी भएको र जनपक्षिय काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसले सरकारको विरोध गर्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदर्शन गरेको हो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुर्खेतकोे आयोजनामा काँग्रेस कार्यकर्ताले प्रदर्शन गरेका हुन् । मंगलढीचौकबाट शुरु भएको र्याली पीपलचौतरामा पुगेर कोण सभामा परिणत भएको थियो ।
देशमा दुईतिहाईको सरकार आएपछि केहि राम्रो काम गर्छ की भनेर आशाबादी भएर बस्दाबस्दै ३ बर्ष बितेको नेपाली कांग्रेसका नेता तथा पुर्व संचार राज्यमन्त्री तप्त बहादुर बिष्टले बताउनुभयो । कम्युनिष्ठको सरकारले देशकालागि कुनै काम नगरी आफ्ना कार्यकर्ता पाल्ने र बिकासका नाममा भ्रष्टाचार मात्र गरेको जिकिर गर्नुुुभयो । बिरोध सभामा बोल्दै कांंग्रेस नेता एबंं पुर्व मन्त्री शिवराज जोशीले नेपाली जनताको निम्ति सरकारले गर्न सकिने कुराहरुमा समेत ध्यान नदिएको बताउनुभयो । संचार माध्यममा प्रतिबन्ध लगाउने खालका गतिबिधीहरु देखिरहेको तथा सर्व सत्तावाद लाद्ने नीतिहरु समेत लागु भएको देख्न थालेको उल्लेख गर्नुुुभयो। बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ व्यासस्थित तालघरे (दुम्सी जोड्ने बुल्दी पुल ) उद्घाटन गर्न जादा नियन्त्रणमा लिएको कुरा स्मरण गर्दै सरकारले प्रतिपक्षलाई देखाउनुपर्ने सम्मान देखाउन नसकेको बताउनुभयो ।
बिरोध सभा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको हो । काँग्रेस कार्यकर्ताले देशैभरनै सोमबार र्याली निकालेर बिरोध प्रदर्शनका छन् ।
| 266 Views
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।