Loading... 21 January 2021|   बिहिबार, माघ ८, २०७७   

सिद्धबाबा निर्दोस साबित, बलात्कारको आरोप झुटो

  |  126 Views

सुनसरी । हिन्दु धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सिद्धबाबालाई बलात्कारको आरोप लगाउने ती युवती र केही षडयन्त्रकारीहरुको प्रयास असफल भएको हो ।

न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग झुटो भएकाले दावी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाई दिएको छ । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सिद्धबाबाले सफाई पाउने ठहर भएको जानकारी दिए ।

सरकारी वकिलले कृतिम कारण देखाउँदै पेशी सार्न दिएको निवेदनको अदालतले मनासिव ठहर नगरी सुनुवाई गरेको थियो । गत पुस १४ गते जिल्ला अदालत सुनसरीका न्यायाधिश राधाकृष्ण उप्रेतीको इजलासले गिरीसँग तीन लाख रुपैयाँ धरौटीमा छोडन आदेश गरेको थियो ।

एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी प्रहरीमा जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए । सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरीलाई बदनाम गर्ने उद्देश्यले युवतीको प्रयोग गरिएको थियो । धर्मगुरु गिरीले अदालतबाट न्याय पाएपछि उनका अनुयायीहरुमा खुशी छाएको छ ।

 

 

स्वामी कृष्णदासजीले गत कार्तिक ४ गते चतरास्थित आश्रममैं आफूलाई करणी गरेको भन्दै २९ बर्षिय एक युवतीले एक महिना चार दिनपछि उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

त्यसपछि कार्तिक १९ गते कृष्णदासजी महाराजले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत्‌ आफ्नो चरित्रहत्या गरेको भन्दै ती महिलाविरुद्ध नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएका थिए ।

पक्राउ पर्नुअघि विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा कृष्णदासजी महाराजले उनले आफूविरुद्धको आरोप निराधार भएको बताएका थिए । एक अन्तरवार्तामा उनले आफूविरुद्ध स्त्री बम प्रहार भएको बताएका थिए ।

पछिल्लो समय बलात्कारको झुटो आरोप लगाएर बदनाम गर्ने गिरोह सल्बलाएको छ । देशभर बलात्कारका घटनामा बढोत्तरी भएको देखिएपनि अधिकांश मुद्दा लेनदेन नमिलेर वा बदनाम गर्ने, दुख दिने उद्देश्यबाट प्ररित रहेको एक अध्ययनले देखाएको छ ।

प्रकाशित मितिः सोमवार, मंसिर २२, २०७७     7:47:49 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *