सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापकहरुले विश्वविद्यालयका उपकुलपतिलाइ ज्ञापनपत्र बुझाएका छन् । विश्वविद्यालयले प्रशासनिक पारदर्शितालाई वेवास्ता गरेको आरोप लगाउँदै प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मप विश्वविद्यालय केन्द्रिय समितिले उपकुलपति प्रा डा नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।
बिहिबार ज्ञापन पत्र बुझाउँदै विश्वविद्यालयले सहमति, सहकार्य र पारदर्शितालाई वेवास्ता गर्दै अघि बढेको भन्दै विश्वविद्यालयको दशौं सभाले नियमावली संसोधन गर्न लागेकोले विभिन्न मागहरु सम्बोधनका लागि ज्ञापन पत्र बुझाइएको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मप विश्वविद्यालय केन्द्रिय समिति अध्यक्ष रुपेश खत्रीले जानकारी दिए ।
विश्वविद्यालयमा कार्यरत कर्मचारीको पेशगत हकहित, वृत्तिविकास र समग्र विश्वविद्यालयलाई दीर्घकालिन रुपमा प्रत्यक्ष नकारात्मक असर पार्ने गरी विश्वविद्यालयको दशौं सभामार्फत नियमावली संशोधन गर्न लागिएको भन्दै विभिन्न ११ बुँदे मागसहितको प्रस्ताव राखिएको छ । ज्ञापनपत्र मार्फत ती विषयहरूलाई यथाशिघ्र सम्बोधन गर्न जोडदार माग गरिएको छ ।
उनिहरुले विश्विद्यालयमा सुरक्षा निकाय गठन गर्ने प्रस्ताव तुरुन्त खारेज गर्न माग गरेका छन् । त्यस्तै विश्वविद्यालयमा प्रवेश गर्दा उमेर ४५ वर्षबाट ५० वर्ष बनाउने प्रस्ताव खारेज गर्न, करार तथा अस्थायी कर्मचारीहरुको स्थायी प्रक्रिया यथासिघ्र अगाडी बढाउन लगायतका माग राखेका छन् ।
| 272 Views
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।