Loading... 30 November 2020|   सोमवार, मंसिर १५, २०७७   

सुमग पोखरेलको ‘मायालु साबुन’ सार्वजनिक

  |  57 Views

शिव सत्याल, काठमाडौं– लोकप्रिय गायक सुगम पोखरेल आफ्नो बिल्कुलै नयाँ गीत ‘मायालु साबुन’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।
काग तिहारको दिन पारेर आज शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् । गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।

भिडियोमा गायक सुगम पोखरेलको साथमा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, पूजा गिरी,नीभा अधिकारी तथा इकृना बल्ल फिचर्ड छन् । भिडियोमा गायक पोखरेल भिन्न गेटअपमा प्रस्तुत भएका छन् ।

नितिन चन्दद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने पदम सुवेदीले यसलाई सम्पादन गरेका हुन् भने
विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् ।

यो भिडियो गायक पोखरेलकै यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ५, २०७७     10:55:24 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *