Loading... 30 November 2020|   सोमवार, मंसिर १५, २०७७   

सहकारी समायोजन

  |  173 Views

सुर्खेत । वीरेन्द्रनगरमा रहेका चार ओटा सहकारी समायोजन (मर्ज) भएका छन् । समायोजन हुने सहकारीहरुमा वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था, पञ्चज्योति बचत तथा ऋण सहकारी संस्था, आफन्त ग्रामिण कृषी तथा पशुपालन सहकारी संस्था र जनमैत्री बहुउद्देश्यीय सहकारी संस्था हुन् ।
समायोजन पश्चात नाम भने पञ्चज्योति आफन्त जनमैत्री सेवा केन्द्र राखिएको छ । गत असोज २२ गते सहकारी विभागबाट स्वीकृत पाएपछि सहकारी मर्जको अभियान अघि बढाइएको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बमबहादुर विसीले जानकारी दिए । चार वटै सहकारी संस्थाको पूर्वत् कार्य क्षेत्रका नागरिकहरुलाई सेवा दिने उद्देश्यले सहकारी समायोजन गरेको विसीले बताए ।

प्रकाशित मितिः शनिबार, मंसिर ६, २०७७     12:25:23 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *