Loading... 30 November 2020|   सोमवार, मंसिर १५, २०७७   

महानगरिय ट्राफिक प्रहरीको “जनचेतनाको लागि संगितिक डमी अभियान” को शुभारम्भ संगै वरिष्ठ चलचित्रकर्मीहरुलाई सम्मान

  |  55 Views

काठमाडौं, २०७७ कात्तिक २२ गते । महानगरिय ट्राफिक प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज एक कार्यक्रम बिच ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको सुभारम्भ गर्नुभएको छ ।

कार्यक्रममा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानमा सहयोग गर्नुहुने वरिष्ठ कलाकारहरु, कलाकार र समाजसेवीहरूलाई सम्मान गर्नुहुदै वहाले ट्राफिक नियम उलंघन गर्ने कारण पहिचान गरी त्यसको स्थायी समाधान खोज्नु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकारहरु मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तथा कलाकार दिपाश्री निरौला, कलाकार जितु नेपाल र काठमाडौ महानगरपालिकाका शहरी सुव्यवस्थापन विभागका प्रमुख, हरी बहादुर कुँवरले आ-आफ्ना मन्तव्य राख्नुभएको थियो ।

काठमाडौ महानगरपालिकाको सहकार्यमा उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउन, नागरिकलाई सचेत गराउन र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले यो कार्यको सुरुवात गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताउनु भएको छ ।

कार्यक्रममा सामाजिक अभियन्ता एवं समाजसेवी, याङजोङ शेर्पा, राधा पोखरेल, पत्रकार लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्याक्रम ट्राफिक प्रहरीले ट्राफिक सचेतना सम्बन्धी नृत्य समेत प्रस्तुत गरेका थिए । ट्राफिक सचेतना अभिवृद्धी गर्ने उदेश्यले उपत्यकाका विभिन्न स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक २२, २०७७     3:34:37 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *