Loading... 30 November 2020|   सोमवार, मंसिर १५, २०७७   

फोटोपत्रकार वन्तको पहिलो अभिनय रहेको “परदेशिको पिडा” नामक म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

  |  41 Views

शिव सत्याल  ।   काठमाडौं, २२ कार्तिक

नेपालको फोटो पत्रकारितामा स्थापित, सामाजिक अभियन्ता, राष्ट्रिय फोटोपत्रकार समुहका महासचिव समेत रहेका र हाल राष्ट्रिय समाचार समितीका फोटोपत्रकारका रुपमा कार्यरत फोटोपत्रकार प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको “परदेशिको पिडा” नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि आकाश अधिकारीले फोटोपत्रकार प्रदीपले हाम्रा नेपाली दाजुभाईको विदेशमा भोगेको दुखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताउनुभयो ।

रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारीत गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ । नेपालीले खाडी मुलुकमा गरेको दुःख र उनीहरुले के कसरी पसिना बगाएका छन् भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । खाडीमा मात्रै नभई अदक्ष नेपालीले जहाँ गएपनि दुःख मात्रै पाउने , राम्रो तलब सुविधा नपाउने अवस्थामा गीत र श्रव्य दृश्य सामग्रीले प्रस्तुत गर्ने जर्मको गरेको छ ।

गीतकार नवराज घिमिरेद्धारा रचित परदेशिको पिडा नामक गीत गायक विनोद दनुवारले गाएका छन भने भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य दृश्य सामग्री ( भिडियो) नविनबाबु गरुङको निर्देशन तथा छायाङकन रहेको छ ।

यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गर्नु भएको थियो । साथै सम्पादन नविन निरौलाको रहेको छ । साथै अवका दिनमा सिजन इन्टरटेन्मेन्टले विभिन्न प्रकारका म्यूजिक भिडियोहरु वनाउदै जाने तयारी गरेको छ । उक्त कार्यक्रममा सिजन मिडियाद्धारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।

 

प्रकाशित मितिः शनिबार, कार्तिक २२, २०७७     12:28:19 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *