Loading... 30 November 2020|   सोमवार, मंसिर १५, २०७७   

नेपाल तरूण दल सुर्खेतद्वारा नवजीवन बाल संरक्षण केन्द्रलाई खाद्यान्न सहयाेग

  |  262 Views

सुर्खेत, कात्तिक १५ । नेपाल तरूण दल सुर्खेतले स्थापना दिवसकाे अवसर पारेर वीरेन्द्रनगरकाे नवजीवन बाल संरक्षण केन्द्रलाई खाद्यान्न सहयाेग गरेकाे छ । वीरेन्द्रनगर-१० स्थित केन्द्रलाई तरूण दल सुर्खेतले १० बाेरा चामल, १०-१० प्याकेट नुन र तेल सहयाेग गरेकाे हाे ।
तरूण दल सुर्खेतका अध्यक्ष हरि विष्टले शनिबार बाल संरक्षण केन्द्रमै पुगेर खाद्यान्न सहयाेग गरिएकाे बताए `सहाराबिहिन बालबालिकाहरूका लागि तरूण दलका तर्फबाट ६८ अाैं स्थापना दिवसकाे अवसर पारेर खाद्यान्न हस्तान्तरण गरेका हाैं´ अध्यक्ष विष्टले भने, `बाल बिकास केन्द्रलाई अागामी दिनहरूमा पनि सहयाेगलाई निरन्तरता दिन्छाैं ।´
बाल बिकास केन्द्रका संरक्षक सुलाेमन गुरूङले दाताहरूकाे सहयाेगबाटै केन्द्र सन्चालन भईरहेकाे बताए । `तरूण दलले गरेकाे याे सहयाेग बालबालिकाका लागि महत्वपूर्ण छ,´ उनले भने, `यस्तै सहयाेग र साथकाे अपेक्षा गर्दछाैं ।´
केन्द्रका उपाध्यक्ष पुर्णबहादुर भण्डारीले तीन जना बालबालिका राखेर सुरू गरिएकाे केन्द्रमा अहिले कर्णालीका १० जिल्लाका साथै रामेछापका दुई बालबालिका गरेर २५ बालबालिका अाश्रित रहेकाे बताए ।
केन्द्रले बालबालिकाहरूले निजी र सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गराउने गरेकाे छ । कर्णालीका १० वटै जिल्लाका साथै रामेछापका दुई बालबालिका पनि केन्द्रमा छन् ।
कार्यक्रममा वीरेन्द्रनगर-९ का वडाध्यक्ष सुरेश मानन्धर, तरूण दल सुर्खेतका उपाध्यक्ष चित्रजंग शाही, सचिव कृष्ण भण्डारी, जिल्ला सदस्यहरु  जनकबहादुर थापा,  विनोद गिरी, नगर अध्यक्ष यज्ञ गिरी  लगायतको    उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मितिः शनिबार, कार्तिक १५, २०७७     5:28:29 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *