Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

समाजसेवी बिष्टको मनकारी मन : पत्थरीको बिरामीलाई आफ्नै खर्चमा अपरेसन

  |  1439 Views

सुर्खेत ।
कोरोना महाँमारीका कारण ज्याला मजदुरी गर्ने वर्गमा निकै प्रभाव परेको छ । मजदुरी नगरेसम्म विहान बेलुकी छाक टार्न सकस हुने परिवारलाई यो समय कोरोना महामारी बाधक बनेको छ ।
वीरेन्द्रनगर १२ बस्ने शिला नेपालीलाई विगत केहि महिना देखि पित्त थैलिमा पथ्थरको समस्या भएर निकै समस्या बनाएको थियो । ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएका शिलाका श्रिमानको मृत्यूपछि घर चलाउने जिम्मा शिलाकै काधमा आएको थियो तर कहिले लकडाउन त कहिले कामनै नपाउने अवस्थाका कारण उपचार त के छाकटार्नै मुस्किल परेको हो ।
भर्दौ ३ गते देखि सामान्य औषधि र दुखाई कम गर्ने सुईले पनि काम नगरेर दुखाइको पिडा सहन नसकेर अस्पताल जाँदा अप्रेशन गर्नुपर्ने र खर्च ३० हजार लाग्ने डाक्टरले बताएपछि फर्किएर आएको बताउदै तरुण दल सुर्खेतका अध्यक्ष, कलाकार, खेलाडि तथा समाजसेवी हरि विष्टलाई म्यासेजमा जानकारी गराएको शिलाले बताउनुभयो ।
आर्थिक स्थिति कमजोरीका कारण छोराछोरिले पढ्न नपाएको उहाँले दुखेसो पोख्नुभयो । पहिला आफ्नो भिनाजुलाई पनि सहयोग गरेको हुनाले आफुलाई पनि सहयोग गर्नुहुन्छ भन्ने विश्वासले बिष्टलाई जानकारी गराएको शिलाले बताउनुभयो । अस्पतालमा भर्ना भएदेखि डिष्चार्ज हुदाँ सम्म सबै खर्च व्यहोरेको र आफ्नो ज्यान बचाइदिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
कोरोना महाँमारी बाट बच्नु एउटा समस्या छ भने दैनिक ज्याला मजुदर गर्ने वर्गमा कस्तो असर परेको होला भन्ने चिन्ताले आफुलाई पिरोलेको भन्दै सहयोग गर्नुपर्छ भन्ने भाव आएकाले धेरैलाई आफुले सहयोग गरेको तरुण दल सुर्खेतका अध्यक्ष तथा समाजसेवी हरि विष्टले बताउनुभयो ।
यो भन्दा पहिला पनि थुप्रै बिरामीहरुलाई अस्पतालमै पुगेर सहयोग गर्ने गरेको बताउदै दुनियाले जे सुकै भने पनि आफु निस्वार्थ रुपमा सेवाको भाव बोकेर सहयोगको काम गरेको बिष्टले जानकारी दिनुभयो ।
कोरोना भाइरस कोभिड १९ को विषम परिस्थितिमा उल्लेखनीय योगदान पु¥याएको भन्दै विष्टलाई अमेरिकास्थित ‘हामी नेपाली ग्लोबल’ नामक संस्थाले ‘कोभिड १९ हिरो’ अवार्डबाट सम्मान समेत प्रदान गरिसकेको छ । कोरोना महामारीको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको बन्दाबन्दीका बेला समस्यामा परेका नागरिकलाई खाद्यान्न, आर्थिक उपचारलगायत सामाजिक कार्य गरेबापत उहाँलाई सम्मानित गरिएको हो ।

प्रकाशित मितिः सोमवार, भदौ २९, २०७७     2:38:47 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *