Loading... 22 September 2020|   बुधबार, असोज ७, २०७७   

सुनको जस्तो देखिने गहना सहित थप एकजना पक्राउ

  |  369 Views

सुर्खेत । सुनको जस्तो देखिने गहना सहित प्रहरी वीरेन्द्रनगर–३ बाट आज थप एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दैलेखको आठविसकोट नगरपालिका बमबहादुर शाहीलाई प्रकाउ गरेको छ।
प्रहरीले उनको साथबाट सुनजस्तोदेखिने पाँच वटा झुम्का दुई लाख ५० हजार नगद र एक सेट आईफोन मोबाईल बरामद गरेको छ।
यसअघि प्रहीले वीरेन्द्रनगर–३ जलेश्वर मन्दीर नजिकैबाट सुनको साना चुरा १६ थान, ठुलो आकारको सिरफूल चार थान, झुम्का थान, क्लीप काँटा तीन थान बरामद गरेको थियो।
गहना लुकाएको आरोपमा पन्चपुरी ३ पलैटेका हिक्मत सुनारलाई यसअघि प्रहीले नियन्त्रणमा लिर्इसकेको छ।
शाहीमाथी थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ।
प्रहरीले बरामद गहना सुनको हो/ होइन भन्ने बारे परिक्षण गरेपछि मात्र थाहा हुने बताएको छ।
चोरीका गहना भएको आशंका गरिएको भन्दै गहना कसले कहाँबाट ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको बताएपनि सुनको बारेमा प्रहरीले अहिले सम्म कुनै जानकारी गराएको छैन।

प्रकाशित मितिः आइतवार, साउन ३२, २०७७     5:56:11 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *