Loading... 22 September 2020|   बुधबार, असोज ७, २०७७   

कानून मन्त्रालयका सचिव पौडेलले पत्रकार माथि गरे दुव्र्यवहार

  |  196 Views

सुर्खेत ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शोभाकान्त पौडेलले पत्रकार माथि गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघको केन्द्र, कर्णाली प्रदेश र सुर्खेत शाखाले ध्यानाकर्षण भएको जनाएका छन् ।
विहिवार दिउँसो समाचार संकलन (बाइट) का लागि मन्त्रालयमा पुगेका कान्तिपुर टेलिभिजनका लागि सुर्खेतमा कार्यरत पत्रकारद्वय पूर्णबहादुर खड्का र नविनजंग शाहीलाई तीन दिन अघि (साउन २६ गते) पदभार सम्हालेका सचिव पौडेलले धम्क्याउने मनसायले हतोत्साहित गराउने उद्देश्य राखेर दुव्र्यवहार गरेका हुन् ।
महासंघको विज्ञप्तीमा भनिएको छ‘पत्रकारद्वय बिहिवार (२९ गते) समाचार संकलनको क्रममा (बाइट) को लागि बारम्बार फोन गर्दा पनि रिसिभ नगरेको र कार्यालयको गेटमै गएर सम्पर्क गदासमेत ‘तिम्रो मालिकलाई त मैले भेट्दैन, तिमीलाई कहाँ भेटछु’ भन्दै दुव्र्यवहारयुक्त शब्द प्रयोग गरेका थिए । समाचार संकलनको लागि खटिएका पत्रकारलाई सहज रुपमा सूचना दिनुको साटो वा दिने वातावरण मिलाउनुको साटो हतोत्साहित हुने गरी भएको व्यवहारले स्वतन्त्रपूर्वक समाचार संकलन गर्ने कार्यमा हस्तक्षेप भएको छ ।’
महासंघले आगमी दिनमा यस्ता व्यवहार नगर्न समेत विज्ञप्ती मार्फत सचेत गराएको छ ।
पत्रकारका अनुसार ‘पटक पटक फोन सम्र्पक गर्दा समेत उनले नउठाएपछि मन्त्रालयमा पुगेका थियौँ । मन्त्रालयमा पुगेका पत्रकारलाई सुरक्षाकर्मीले गेटमा रोकेर सोध्नुपर्ने भन्दै सचिव कहाँ पुगेर फर्किएपछि सुरक्षाकर्मीले भने,‘नभेट्ने गरे, काम के हो फोनबाटै गर्नुहुन्छ गरे’ ।
कोरोना भाईरसको त्रासकै कारणले नभेट्ने मनसाय भएपनि भौतिक दुरी कायम गरेर अर्थात कार्यकक्ष भन्दा बाहिरै भेट्न सकिने र प्रविधिको प्रयोग गर्ने अवस्था हुदाँ हुदैँ पनि सचिव पौडेलले पत्रकारमाथि यस्तो दुव्र्यवहार गरे ।
प्रकाशित मितिः बिहीबार, साउन २९, २०७७     7:11:19 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *