Loading... 22 September 2020|   बुधबार, असोज ७, २०७७   

हिराजडित सुन वरामद, अनुसन्धान हुदै

  |  570 Views

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार साँझ हिराजडित सुन वरामद गरेको छ । वीरेन्द्रनगर–३ जलेश्वर मन्दीर नजिकैबाट गएराती प्रहरीले झण्डै २० तोला सुन बरामद गरेको हो ।
विशेष सुराकीको आधारमा स्थानीय मनबहादुर सुनारले घरमा लुकाएर राखेकाे अवस्थामा प्रदेश र जिल्ला प्रहरी कार्यालयको टोलीले सुन बरामद गरेको छ भने सुनारलाई पक्राउ गरेको छ ।
सुन बरामद गरेकाे प्रहरीले पुष्टी गरेपनि सुन नै हो भन्ने प्रमाणित नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले झण्डै १० थान सुनका बाला, झुम्का, क्लीप र कमलको फुल आकारको हिराजडित सुन बरामद गरेको छ भने जानकारी दिए ।
प्रहरीले मध्यराती घटनास्थललाई सील गरेर आज विहानबाट थप सुन लुकाएको आशंकामा खोजविन जारी राखेको एसपी भट्टले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसारका कम्तीमा २० तोला सुन प्रहरीले बरामद गरेको छ । सुन कहाँबाट कस्ले ल्यायो भन्ने नखुलेको र अनुसन्धान भइरहेको एसपी भट्टले बताए ।
प्रकाशित मितिः बिहीबार, साउन २९, २०७७     1:22:32 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *