Loading... 20 October 2020|   बुधबार, कार्तिक ५, २०७७   

पत्रकार डेकेन्द्र थापाको १७ औं स्मृतिसभा

  |  136 Views

सुर्खेत । सुर्खेतमा स्वर्गीय पत्रकार डेकेन्द्र थापाको १७ औं स्मृतिसभा गरिएको छ। प्रस्तावित शहीद डेकेन्द्र थापा स्मृति प्रतिष्ठानले स्मृतिसभाको आयोजना गरेको हो। स्मृति सभामा स्वर्गीय पत्रकार डेकेन्द्र थापाको व्यक्तित्वमाथि चर्चा गर्दै उहाँको परिवारले अहिलेसम्म न्याय पाउन नसकेको र थापाको हत्यामा संलग्नहरु अझैपनि कानुनी दायरामा आउन नसकेको बताएका छन्।
पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले स्व.पत्रकार डेकेन्द्रले सशस्त्र द्वन्द्वकालमा चुनौतीपूर्ण पत्रकारिता गर्दा तत्कालीन विद्रोही माओवादीले हत्या गरेको बताउनुभयो। थापाको परिवारले अझैपनि न्याय पाउन नसकेको हुँदा पत्रकार महासंघ सदैव थापाको परिवारलाई साथ र समर्थन दिने उल्लेख गर्नुभयो।
पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, दैलेखका अध्यक्ष चक्र केसी,इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले पत्रकारहरुमाथि अझैपनि जोखिम कायमै रहेको भन्दै स्व.पत्रकार डेकेन्द्रको परिवारलाई न्याय दिलाउने पक्षमा सहयोग रहने प्रतिवद्धता जनाएका छन।
फाउण्डेशनका संरक्षक एवं स्व.पत्रकार डेकेन्द्र थापाका श्रीमती लक्ष्मी थापाले विगतमा पत्रकार महासंघले धेरै सहयोग गर्दै आएको बताउँदै आफूले अझैपनि पूर्ण न्याय पाउन नसकेको बताउनुभयो। फाउण्डेशन स्थापना गरेर कर्णालीका पत्रकार तथा पत्रकारहरुका सन्ततिहरुलाई सहयोग गर्ने लक्ष्य राखेको भन्दै फाउण्डशेन स्थपानाका लागि सहयोग गर्न आग्रह गर्नुभयो।

प्रकाशित मितिः मंगलबार, साउन २७, २०७७     6:49:22 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *