Loading... 20 October 2020|   बुधबार, कार्तिक ५, २०७७   

एसओएसका छात्रालाई १ हप्ते सेल्फ डिफेन्स तालिम दिइयो

  |  137 Views

सुर्खेत वीरेन्द्र्रनगर ४ मा अवस्थित एसओएस बालग्रामका छात्राहरुलाई एक हप्ते सेल्फ डिफेन्स (आत्मरक्षा) तालिम दिइएको छ । महिला हिंसा एवं बलात्कारका घटना बढिरहेको अवस्थामा छात्रा तथा किशोरीहरुलाई प्रतिरक्षा गर्न सहज होस् भन्ने उद्देश्यले विद्यालयले तालिमको आयोजना गरेको हो ।

एसओएसका निर्देशक मुकुन्द गिरीले आवासिय रुपमा रहेका ३८ जना छात्र छात्राहरुलाई तालिम दिएको बताए । तालिम पछि आयोजना गरिएको पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै निर्देशक गिरीले अभद्र एवं अमानविय व्यवहार बढिरहेको अवस्थामा यस किसिमको तालिम किशोरीका लागि निकै उपयोगी हुने बताए ।

कार्यक्रममा सहभागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकी महिला शाखा प्रमुख अनिता ज्ञवालीले कोरोना महामारीको अवस्थामा सामाजिक दुरी कायम गरेर बालग्रामले किशोरीहरुलाई दिएको तालिम अति उपयोगी भएको बताइन् । उनले एउटा पक्षलाई कम्जोर बनाएर अर्को पक्षलाई बलियो देखाउन समाजमा नारीलाई कम्जोर देखाउँदै आएको सन्दर्भ जोड्दै महिला हिंसा न्यूनिकरणमा तालिम फलदायी हुने जिकिर गरिन् । शाखा प्रमुख ज्ञवालीले यस किसिमको तालिम सवै विद्यालयमा दिन जरुरी रहेको बताइन् ।

वडाध्यक्ष निलकण्ठ खनालले छोरी तथा किशोरी आँफै सुरक्षित भएर हिड्नु पर्ने बाध्यताका विचमा यस किसिमको तालिम जिवनउपयोगी हुने बताए । समाज र घरमैं पनि नारी असुरक्षित रहेको सन्दर्भमा आत्मरक्षा तालिम अति आवश्यक भएको उनको भनाई थियो ।

तालिममा सहभागी छात्राहरु मध्यबाट बोल्दै प्रतिभा रोकायले आत्मरक्षा के हो भन्ने कुरा र यसको महत्वबारे व्यवहारिक रुपमैं प्रशिक्षणबाट थाहा भएको बताइन् । प्रशिक्षणमा उत्कृष्ठ प्रर्दशन गर्ने सपना सिंजापती, प्रतिभा रोकाय र लक्ष्मिता वि.क. लगायत अन्य सहभागि समेतलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

बालग्रामका खेल प्रशिक्षक रमेश तुलाधरले विद्यार्थीहरुलाई तालिम दिएका थिए । प्रशिक्षण समापन समारोहमा बालग्रामका नायब निर्देशक शुशीलमणी ज्ञावली, आमाहरु लगायतको उपस्थिती थियो ।

प्रकाशित मितिः सोमवार, साउन २६, २०७७     6:43:22 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *