Loading... 14 July 2020|   मंगलबार, असार ३०, २०७७   

कर्णाली प्रदेशमा शुक्रवार २६ जनामा कोरोना भाइरस पुष्टि

  |  231 Views

सुर्खेत । कर्णाली प्रदेशमा शुक्रवार एकै दिन २६ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २६ जनालाई कोरोना पुष्टि भएको हो ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३ जना भेटिएपछि कूल संक्रमितको संख्या १ हजार ४ सय ३३ पुगेको छ । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो । उहाँका अनुसार दैलेखमा ५ जना, सुर्खेतमा १३ जना, जाजरकोटमा ३ जना, जुम्लामा १ जना, सल्यानमा ३ जना, मुगुमा १ जना, काठमाडौँमा १ जना थपिएका छन् । नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७ सय ६० पुगेको छ, भने सुर्खेतमा ३ सय ४० पुगेको छ । त्यसपछि सल्यानमा १ सय ७७, कालीकोटमा ४७, जुम्लामा ३०, जाजरकोटमा १३, मुगुमा ३, हुम्लामा दुई, डोल्पा र रुकुम पश्चिममा भने एक÷एक जना संक्रमित फेला परेका छन्

यसैगरी हालसम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या ७ सय २० पुगेको छ । शुक्रवार दैलेख नारायण अस्पताल आइसोलेसन सेन्टरबाट ९ जना, सिम्ता आइसोलेसन सेन्टरबाट १ जना, चिङ्गाड आइसोलेसन सेन्टरबाट ११ जना, मेहेलकुना अस्पतालबाट ७ जना गरी कूल २८ जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् । कूल संक्रमितमध्ये पुरुषको संख्या १ हजार ३ सय ३ र महिलाको संख्या १ सय ३० जना रहेका छन् । यो सहित अहिलेसम्म कूल ७ सय २० जना घर फर्किएको मन्त्रालयले जनाएको छ । यद्यपी कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः शुक्रबार, असार १२, २०७७     4:51:54 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *