Loading... 14 July 2020|   मंगलबार, असार ३०, २०७७   

जनकल्याण सामुदायिक वनमा अख्तियारको छापा : डिभिजन वन कार्यालय सुर्खेतका प्रमुखको भुमिकामाथी आशंका

  |  227 Views

सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जनकल्याण सामुदायिक वनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले असार ८ र ९ गते दुई दिन सामुदायिक वनको स्थलगत निरक्षण गरेको छ।

आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटा सहितको विज्ञटोलीले जनजागृति माविदेखि दक्षिणतर्फ भित्रि खोला, बुदुने खोला र बुढाथोकिको ठुलो घट लगायतका क्षेत्रमा निरक्षण गर्दा रुखहरु अबैद्ध रुपमा कटानी भएको पाईएको जनाएको छ।

विभिन्न संञ्चारमाध्यममा सामुदयिक वनमा अवैद्धरुपमा जंगल फडानी भएको समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारले छापा मारेको हो।

सामुदायिक वनमा छपान रद्ध भएका २६, ३१ र ३८ नम्बरका सालका रुख सहित अन्य सानाठुला जामुन, तिजु असना जातका रुखहरु कटानी भएको अख्तियारले जनाएको छ।

यसअघि वनको बार्षिक विधान र कार्ययोजना अनुसार गत २०७६ पुस ७ गते डिभिजन वन कार्यालयको पत्रमा जंगलमा रहेका रुखहरुमा ३३ सय ९१ क्युफिट बराबरको ठाडो रुखहरुमा काट्नको लागि टाचा लगाएको थियो।
डिभिजन वन कार्यलय सुर्खेतको २०७६ पुस २७ गते पुनःअर्कोपत्र लेख्दै पुराना टाचा लगाएका रुखहरु रद्ध गरेर थप नयाँ रुखहरुमा काट्नको लागी अनुमती दियो।
तर सामुदायिक वनका पदाधिकारी र ठेकेदारहरुले पहिला टाचाँ लगाएका र पछिल्ला टाचाँ लगाएका दुबै रुखकाटेर वन फडानी गरेका थिए।

संञ्चारमाध्यमहरुमा समाचार आउन थालेपछि वनका पदाधिकारीहरुकै मिलेमतोमा काटिएका रुख लुकाउन थालिएको थियो।

जंगलफडानी भएको जानकारी पटक-पटक डिभिजन वन कार्यालय सुर्खेतका प्रमुखलाई गराउदा समेत डिभिजन वन प्रमुख गोविन्द्र प्रसाद दाहालले व्यवस्था गर्दै आउनुभएको थियो।

संञ्चारमाध्यमहरुमा समाचार प्रकाशन तथा प्रशारणहुदाँ समेत कार्यालय प्रमुख दाहालले कसैलाई पनि कारवाही नगर्नु र अनुसन्धान नथाल्नुले उहाँमाथी पनि प्रश्न खडा भएको छ।

यसैबीच दमारे विधालयहुदै कुनाथरी जाने भित्र सडकको छेउछाउमा जंगल फडानी गरी वन अतिक्रमण भइरहेको छ। अहिले त्यसक्षेत्रमा डोजर प्रयोग गरेर वन अतिक्रमण गर्दै घरटहराहरु निर्माण गरिएको स्थानीयहरुले बताएका छन।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले वन अतिक्रमण तथा फडानी भएको पाईएको दावी गरेको छ।
अख्तियारका प्रवक्ता मेघनाथ सापकोटाले स्वीकृति दिएको भन्दा धेरै रुखहरु कटानी भई जंगल फडानी भएको स्थलगत निरक्षणमा पाईएको बताउनुभयो।

उहाँले अख्तियारले अनुसन्धान थालिसकेको भन्दै पुर्ण प्रतिवेदन केहीदिनमा सार्वजनिक गरेर सत्य, तथ्य बाहिर ल्याउने जिकिर गर्नुभयो।

उहाँले यसमा डिभिजन वन कार्यालय,सामुदायिक वनका पदाधिकारी र लेकगाउँ रेन्जपोष्टका कर्मचारीहरुको भुमिका संकास्पद देखिएकाले अनुसन्धानको दायरामा ल्याईने उल्लेख गर्नुभयो। अख्तियारले उनिहरु दोषि पाईए वन ऐन अनुसार कारवाही अगाडी बढाईने जनाएको छ।

प्रकाशित मितिः बुधबार, असार १०, २०७७     3:39:47 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *