Loading... 14 July 2020|   मंगलबार, असार ३०, २०७७   

नेपाल भलिबल संघद्वारा दशरथपुरका कोरोना संक्रमितलाई पिउने पानी, अण्डा र मास्क वितरण

  |  87 Views

सुर्खेत । नेपाल भलिवल संघले सुर्खेतको दशरथपुर स्थित आइशोलेसन केन्द्रमा उपचार गराइरहेका ५० जना कोरोना संक्रमितलाई पिउने पानी, पौष्टिक आहार अण्डा, के १५ मास्क लगायत राहत वितरण गरेको छ ।

आइशोलेसनमा उपचार गराइरहेका विरामीले खोलाको फोहोर पानी पिउन बाध्य भएको खवर प्राप्त भएपछि नेपाल भलिवल संघका केन्द्रिय सदस्य मंगल श्रेष्ठ नेतृत्वको टोलीले संघबाट प्रदान गरिएको सामग्री वितरण गरेका हुन् ।

केन्द्रिय सदस्य श्रेष्ठका अनुसार ५० जना बिरामीलाई पुग्ने गरी १ सय पेटी पिउने पानी (मिनरल वाटर), २ पेटी अण्डा, १ सय वटा सर्जिकल मास्क, ८० थान के १५ मास्क, ६० वटा साबुन, ६ जोडा हेण्ड कवर उपलव्ध गराइएको छ । केन्द्रिय सदस्य श्रेष्ठको नेतृत्वमा लेकबेसी नगरपालिका वडा नम्वर ४ दशरथपुर स्थित आइशोलेसन केन्द्रमा पुगि संघका क्षेत्रीय रेफ्री रबिन्द्र शाही, लेखा अधिकृत विरकेश्वर महतो लगायतले राहत वितरण गरेका हुन् । आइशोलेसन केन्द्रका फोकल पर्सन टंक पंगालीलाई राहत सामग्री हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामग्रीले आइशोलेसन केन्द्रमा उपचार गराइरहेका विरामीलाई ठुलो राहत पुगेको पंगालीले बताए । संघले उपचाररत सवैको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

मास्क र हेड कवर संघका केन्द्रिय सदस्य रोशन श्रेष्ठले उपलव्ध गराएका हुन् ।

प्रकाशित मितिः बुधबार, असार १०, २०७७     12:07:08 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *