Loading... 15 May 2021|   आइतवार, जेष्ठ २, २०७८   

चतरा स्थित सिद्धबाबाको आश्रम “होल्डिङ केन्द्र” लाई, कोरोना संक्रमितको उपचारको लागि प्रयोग गरिने

  |  854 Views

चतरा, सुनसरि २५ जेठ । जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठले विश्वभर फैलिएको कोरोना माहामारीको कारण विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि आश्रमको ६० कोठा उपलब्ध गराएको छ ।

विश्वव्यापी महाविपदको अवस्थामा विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि सेवापीठले होल्डिङ् केन्द्रको रुपमा आफ्नो भवन दिएको हो ।

श्रीरामानन्दाचार्य सेवापीठ होल्डिङ् केन्द्रमा नेपाली सेनाको उच्च सुरक्षाको साथ सेवा सुरु भएको छ । देशलाइ परेको यो महाविपदको अवस्थालाइ मध्यनजर गर्दै श्रीरामानन्दाचार्य सेवा पीठका पीठाधिश्वर महायोगी सिद्धबाबाले उपलब्ध गराउनु भएको होल्डिङ् केन्द्रमा सरकारले तोकेको मापदण्डअनुसार आयुर्वेदिक पद्धतिबाट नै उपचार हुनेछ ।

सिद्धबाबाले आश्रममा समय समयमा योग तथा आयुर्बेद सम्बन्धित सेवा शिविरहरु प्रदान गर्दै आउनु भएको छ । त्यसकै प्रभावले पनि त्यस केन्द्रमा रहेका लागि आयुर्वेदिक पद्धतिमै जोड दिन लागिएको हो ।

संकटको बेला सरकार र आम नेपाली जनताको विपदमा साथ दिने पाउँदा संस्थाले गौरव महशुस गरेको आश्रम व्वस्थापन समितिले जनाएको छ । विपदको घडीमा राज्यलाइ सहयोग गर्ने आश्रम ब्यबस्थान समिति र सिद्धबाबाको इच्छा अनुरुप प्रदेश १ सरकारले यस आश्रमलाइ कोरोना अस्पताल केन्द्र बनाउने निर्णय गरेको हो । एटेज बाथरुम सहित रहेको सुविधा सम्पन्न भवन बिरामीको लागि अझ सहज हुने दाबी गरिएको छ ।

६० कोठामा १ सय ८० बेडको आइसोलेसनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी आयुर्वेदिक डक्टरहरू र मेडिकल टिमले तयारी सुरु भएको हो । साथै श्रीरामानन्दाचार्य सेवा पीठको दक्षिण तर्फ रहेको साधना हलमा नेपाली सेनाको आवाशको रुपमा प्रयोग गरिएको छ ।

कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र कोरोना रिपोर्ट पोजेटिभ आएका तर सामान्य प्रकृतिकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने प्रदेश सरकारको तयारी छ । त्यहाँ सुनसरी र उदयपुर तथा पहाडी क्षेत्रका संक्रमितलाई राखेर उपचार गर्ने सरकारको तयारी छ ।

जगद्गुरू श्रीरामानन्दचार्य सेवापीठ जीव जगतको कल्याण तथा राष्ट्र सेवामा समर्पित संस्था रहेको र आपद विपदमा विभिन्न सेवा र सहयोगहरु गर्दै आइ नै रहेका छन्
भित्र पसेर हेर माथि उठेर सोच भन्ने नारा साथ् हरेक व्यक्ति भित्र रहेको अन्तर उर्जाशक्तिलाइ ध्यानको माध्यमबाट उत्थान गर्ने र हरित क्रान्ति को माध्यमबाट समाज र देश आत्मा निर्भर बन्न प्रेरित गर्ने महायोगी सिद्धबाबाको बिचार र लक्ष्यका साथ् यस आश्रम अघि बढेको छ ।

हाल आश्रममा महायोगका बिधार्थी, आजीवन साधु र अन्य भक्तहरु रहदै आएका छन । आश्रममा नियमित पुजा अनुष्ठान, ध्यान साधनाका साथै विभिन्न सेवाहरु चलिरहेको छ ।

स्मरणीय रहोस महायोगी सिद्धबाबा आफ्नै अनुयानी को बलात्कार आरोपमा थुनामा रहेकाछन ।  त्रीदण्डधारी महायोगी सिद्धबाबालाई  नक्कली अनुयायी बनेर अन्तैबाट परिचालित गराइएर फँसाइएको हो भने अदालतको फैसला अझपनी टुङिएको छैन, मुद्धा अझै पनि बिचाराधिन अवस्थामा रहेको छ । प्रहरीबाट गहन अनुसंधान हुँदै गरेको र लगाइएको आरोप झुटा रहेको बताइएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २५, २०७७     3:12:30 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।