Loading... 28 January 2021|   बिहिबार, माघ १५, २०७७   

बसन्तपुरका ६८ परिवारलाई राहत बितरण

  |  411 Views

सुर्खेत । बराहताल गाउँपालिकाको बड्डीचौरबाट करिब ३५ किलोमिटर पश्चिम दक्षिणमा पुगेपछि भेरी किनार छेउँमा एउटा सुन्दर बस्ती देखिन्छ । तत्कालीन जनयुद्धका बेला इखेनी नाममा बसालिएको बस्तीको अहिले परिचय फेरीएको छ । बसन्तपुर अहिले त्यो बस्तीको नाम हो । इखेनी नाम परिवर्तन भएर बसन्तपुर भएपनि बस्तीको दैनिकि निकै कष्टकर छ । खानेपानी, सिंचाई लगाएको असुविधा भएकोले गाउँमा उत्पादन हुदैन । यो बस्तीलाई विहान–बेलुकाको छाक टार्न (कालापहाड) भारत जानुपर्छ । बन्दाबन्दी अर्थात (लकडाउन)का कारण कमाउन गएका भारतबाट फर्किन नसकेपछि गाउँमा बसोबास गरिरहेका हरु समस्यामा परेका छन ।तत्कालिन बिद्रोही माओवादी जनयुद्ध संचालन गरेको बेला २०६२ सालमा जंगल फडानी गरेर बसालेको बस्ती मा थुप्रै समस्या छन । सुरु देखिनै खानेपानी सिंचाई लगाएको समस्या थियो ।

वराहताल गाउँपालिका सुर्खेतका उपाध्यक्ष शोभा शर्माले भन्नुभयो , “बस्ती त बसालीयो तर त्यसपछि त्यो गाउँको विकासका लागि पहल कसैले गरेन । गाउँमा उत्पादन हुदैन, त्यसैले यहाँका नागरिकहरु परिवार पाल्न कालापहाड जाने गर्दछन ।” 

यो बस्तीमा बराहताल कोरीयन ग्रुप दक्षिण कोरीया समाजको सहयोगमा केही दिनलाई पुग्ने खाद्यान्नसहित टोली पुग्दा स्थानीय खुशी भए । माओवादीले बसालेको बस्तीमा अहिले लकडाउनका कारणले मात्र हैन, भेरी नदीको उब्जाउ फाट भएर पनि सिंचाई नभएका कारणले जमिन बाँझो रहने गरेको छ ।

स्थानीय रमेश नामजालीले वस्ती बसेपछि पहिलो पटक पत्रकार पुगेको र पत्रकारकै पहलमा खाद्यान्न सहयोग प्राप्त भएको मा खुशी व्यक्त गर्नु भयो । उहाले संघिय र प्रदेश तहमा जितेर गएकाहरु अहिले सम्मपनि गाउँमा नपुगेको गुनासो गर्नुभयो । भोक सोक संगै हजारौँ समस्याबाट गुज्रीरहेको बस्ती मा खाद्यान्न आउदा स्थानीयमा खुशीको सिमा थिएन । 

अति विपन्न ६८ परिवारलाई बराहताल कोरियन ग्रुपले खाद्यान्न सहयोग ग¥यो । ग्रुपले प्रत्येक परिवारलाई एक–एक बोरा चामल, नुन र तेल उपलब्ध गराएको छ ।

पत्रकार तथा समाजसेवी नगेन्द्र उपाध्यायको पहलमा कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रकाश बस्नेत, सुर्खेत समाज दक्षिण कोरियाका निर्वतमान अध्यक्ष तुलस गुरुङलगायत दक्षिण कोरियामा कार्यरत बराहतालका स्थानीयले आफ्नो पालिकामा रहेका विपन्न नागरिकहरुलाई खाद्यान्न प्रदान गरिएको हो । प्रत्येक परिवारलाई एक–एक बोरा चालम, नुन र तेल उपलब्ध गराएको पत्रकार उपाध्यायले जानकारी दिनुभयो । 

खाद्यान्न वितरणमा गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेत, वडाध्यक्ष खगेन्द्रदेव गिरी सहभागी हुनु भएको थियो भने व्यवसायी गोविन्द पाण्डे, रामप्रसाद गौतम लगायतले गाडी उपलब्ध गराएको उपाध्यायले जानकारी दिनुभयो ।

तत्कालिन नेकपा माओवादीले जंगललाई फाडेर २०६२ सालमा ६ जिल्लाका विपन्न ५५ घरधुरीलाई बसालेको हो ।अहिले त्यस बस्तीमा बसोबास गर्ने १ सय ५ परिवार छन । सिंचाई र खानेपानीको समस्यालाई समाधान गर्न सके आफ्नै ठाउमा उत्पादन गर्न सकिने र परिवार पाल्न कालापहाड जानु पर्ने अवश्थाको अन्त्य हुनेछ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २५, २०७७     5:44:54 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *