Loading... 21 January 2021|   बिहिबार, माघ ८, २०७७   

विधि र प्रक्रिया मिचेर पार्क निर्माण गर्न दिएको निर्णयबाट पछि हट्यो नगरपालिका

  |  660 Views

सुर्खेत । क्याप्टेन दिनेश स्मृति प्रतिष्ठानका लागि वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले एकलौटी रुपमा दिएको वीरेन्द्रनगरको वडा नं. ६ र ८ को विचमा पर्ने घण्टाघर छेउको जग्गा दिने निर्णयबाट नगरपालिका पछि हटेको छ ।

आज नगरपालिकाले पार्क निर्माण रोक्नका लागि डिभिजन वन कार्यालयलाइ पत्र लेखी निर्माण कार्य रोकिदिन आग्रह गरेको छ । नगरको पत्रमा मिडिया र नागरिक समाजले पार्क निर्माणको कानुनी आधार खोजी विभिन्न ठाउमा निबेदन दिएको उल्लेख गर्दै थप छलफल गर्नुपर्ने भनि निर्माण रोक्न पत्र लेखेको हो ।

यस अघि नगरपालिकाले नियम विपरित प्रतिष्ठान निर्माणका लागि स्वीकृति दिएको भन्दै आलोचना भएको थियो । स्थानीयले अख्तियारमा समेत उजुरी दिएका थिएभने नगरपालिकामा समेत विरोधपत्र बुझाएका थिए । नगरप्रमुख नगरविकास समितिको अध्यक्ष हुने कानुनी प्रावधान भएपनि नगरपालिकाको कार्यवाहक प्रमुखको हैसियतमा उक्त संरचना निर्माणको जिम्मा उपप्रमुख मोहन माया ढकालले दिनुभएको थियो ।

विधि र प्रक्रिया मिचेर जग्गा वितरण गरेको भन्दै चर्को आलोचना भएपछि नगरपालिका पछि हटेको हो । स्वीकृति प्रदान गरेको पत्रमा उपप्रमुख मोहनमाया ढकालको हस्ताक्षर भएपनि काम रोक्नका लागि पठाइएको पत्रमा भने प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालको हस्ताक्षर उल्लेख छ ।

 

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २३, २०७७     4:58:40 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *