Loading... 30 November 2020|   सोमवार, मंसिर १५, २०७७   

समाजसेवी बिष्ट सम्मानित

  |  888 Views

सुर्खेत । अमेरिका स्थित Hami Nepali Global द्वारा बिश्व महामारी कोरोना (कोभिड १९) मा सामाजिक कार्यमा उल्लेखनीय काम गरे बापत युबा समाजसेवी हरि बिष्ट COVID19 HERO award द्वारा सम्मानित भएका छन ।

विश्व नै कोरोना (कोभिड १९) को महामारीबाट गुज्रिरहेको अवस्थामा देशमा पनि लकडाउन जारी नै छ ।लकडाउनका कारण अति बिपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति र बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीहरु सबैभन्दा धेरै संकटमा छन ।

सामाजिक सञ्जाल मार्फत खाद्यान्न आवश्यक परेका व्यक्तिहरुलाई सम्पर्क गर्नका लागि बिष्टले आग्रह गरेका  थिए । फोनमा आएको म्यासेजका आधारमा आवश्यक सहयोग गर्दै आएका समाजसेवी बिष्टले पछिल्लो दुई महिनाको अवधिमा एक सय ५० बढी परिवारलाई व्यक्तिगत रुपमा खाद्यान्न सहयोग गरेका छन् । २१ परिवारलाई ग्यास (सिलिण्डर) दिएका छन्।

“दिनरात नभनी जनताको सेवामा खटिरहेका सुरक्षाकर्मीहरुलाई पनि सहयोग गरेको छु ।,” समाजसेवी बिष्टले भने,” COVID19 HERO award द्वारा सम्मानित हुन पाउदा अझै उर्जा थपिएको छ। आगामी दिन म पनि सहयोगलाई निरन्तरता दिनेेेछु।”

विष्टले भारत र नेपालकै विभिन्न ठाउँबाट आइरहेका नागरिकहरुलाई पनि खाजा–खानाको व्यवस्था गर्दै आइरहेका छन्।

“४०-५० जनाको भाडा ब्यब्स्थापन गरेको छु । नगद पैसा पनि सहयोग गरें ।,” तरुण दल सुर्खेतका अध्यक्षसमेत रहेका विष्टले भने, “धन्यवाद ! सहित मेरा सम्पूर्ण शुभचिंतक साथीहरूलाई मैले पाएको यो अवार्ड भोको पेट र निमुखा दु:खी गरिबहरूको आशिर्वादको श्रय ठानेको छु।”

Hami Nepali Global ले प्रत्येक दुई बर्षमा अवार्ड को आयोजना गर्ने गर्दछ । बिश्वभर माहामारी चलिरहेको बेलामा समाजमा उल्लेखनीय काम गर्ने ब्यक्तीहरुलाई यो संस्थाले सम्मान गर्दै आएको छ ।

 

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २३, २०७७     1:43:51 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *