Loading... 21 January 2021|   शुक्रबार, माघ ९, २०७७   

राहत हस्तान्तरण

  |  245 Views

सुर्खेत । कर्णाली प्रदेश सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका – ८ छिन्चु मा उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोभिड -१९ को कारण भारतबाट यस प्रदेशमा भित्रिएका नागरिकहरुलाई खाना र पानी व्यवस्थापन गर्न संचालन गरिएको Holding Center लाई Ullens school IBDP संकायको २१ ‌औं व्याचका तर्फबाट उक्त कार्यक्रमका लागी रु ५०,०००|- बराबरको राशन सामाग्री स्कुलका तर्फबाट सम्यक प्रताप राणाले उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि राजेन्द्र कुमार बासुकलालाई बिहीबार हस्तान्तरण गर्नु भएको छ ।

यस किसिमको कार्यक्रम राणाका अनुसार उनिहरुले वार्षिक रुपमा गर्दै आएका थिए र वर्तमान समयमा यस प्रकारका सेवा समाजलाई आवश्यक भएको ठानी उनले आफु लगायत आफ्ना साथीहरु संग सो रकम आफुहरुको बचतको रकम बाट जुटाएर सो कार्यको लागी सहयोग गरेका हुन ।

उक्त कार्यक्रमका लागी सो रकम सानो भएता पनि एक सामान्य कक्षा १२ मा अध्ययनरत विधार्थीले यस्तो सामाजिक कार्यको लागी आफ्नो बचत बाट सो रकम जुटाउनु नै समाजका लागी एक उदाहरणको रुपमा लिन सकिन्छ र अन्य सक्षम व्यक्तिहरुले यस्ता कार्यहरुबाट प्रेरणा लिनु पर्ने देखिन्छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २२, २०७७     9:50:39 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *