Loading... 14 July 2020|   मंगलबार, असार ३०, २०७७   

झापाबाट आएका कालिकोट का ५८ जनालाई प्रहरीले गर्यो धरपकड, केही घाइते

  |  544 Views

सुर्खेत । झापाबाट फर्किएका कालीकोटका ५८ जना सुर्खेत आइ पुगेका छन् । यात्राका क्रममा खानपानको व्यवस्था नभएको भन्दै अहिले उनीहरु आन्दोलित भएका छन् । उनीहरुले अहिले लादेमा सडक अवरुद्ध गरेका छन् ।
४ दिन अघि हिडेका उनीहरु भोकभोकै हिजो साझ सुर्खेत पुगेर सुब्बाकुनामै बास बसेका हुन् । ४ दिनदेखि आफुहरुले खाना मात्रै होइन पानी पनि पिउन नपाएको गुनासो गरेका छन् । “खाना किनेरै खान्छौ भन्दा पनि प्रहरीले हामीलाई लठ्ठी लठ्ठीले हान्यो” जगदिश शाहिले भने ।

हामीहरुलाई सुर्खेत खाना खुवाउने भनेर ल्याए तर लादे पुग्दा सम्म खाना नखुवाए पछि हामीले कराएका हौ” अनुष्का शाहीले भनिन् । शाहीले आफुलाई प्रहरीले आफ्नो २ महिना अघि मात्रै रड तानीएको भाचिएको हातमै लठ्ठीले हानेको दावी गरेकि छिन् ।

झापामा हामीहरु क्वारेन्टिनमा बसेर आएको हो, त्यहाँको प्रदेश सरकारले राम्रै व्यवस्थापन गरेको थियो” राजबहादुर बिष्टले भने “आफ्नो प्रदेशमा यस्तो व्यवहार गर्छन्” ४ दिन पछि खाना पाइन्छ भन्ने आशमा यहाँ सम्म आयौ अहिले यसरी अल्मल्याउँदा बिष्टले दुखेसो पोखे ।।

उनीहरुले चार दिन पछि तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्ट र केहि पत्रकारको सहयोगमा आज खाना खाएका छन् । यसरी दुख पर्दा खाना, पानी पाउदा खुशि हुदै उनीहरुले धन्यवाद व्यक्त गरेका छन् ।

कर्णाली सरकारले भारतबाट फर्किएका र नेपालका विभिन्न ठाउँबाट फर्किएका जनतालाई उद्धार त गरेको छ तर व्यवस्थापन फितलो देखिएको गुनासो आउने गरेको छ । स्थानीय र प्रदेश सरकारले भारतबाट फर्किएकाको ब्यवस्थापनका विषयमा समन्वय नगर्दा यस्तो परिस्थिती आएको हो । दुबै तहका सरकारले हजारौँको संख्यामा कर्णाली भित्रिरहेकाहरुका लागि खानपानको व्यवस्था गर्न विभिन्न गैरसरकारी निकायसँग पनि समन्वय गर्न आवश्यक छ ।

प्रकाशित मितिः सोमवार, जेठ १२, २०७७     2:54:54 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *