सुर्खेत । कर्णालीको सामाजिक विकास मन्त्रालयले कोरोना अपडेट दिन सुरु गरेको भएपनि त्रुटिपुर्ण तथ्याङ्क सार्वजनिक गरेको छ ।
शनिबार मन्त्रालयमा आयोजित प्रेस व्रिफिङ्ममा मन्त्रालयका स्वास्थ्य सेवा महासाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले लाईभ मार्फत दिएको जानकारी त्रुटिपुर्ण भेटिएको हो । उहाले कर्णाली प्रदेशमा क्वारेन्टीनका संख्या २ सय २७ मात्रै भएको बताउनु भएको छ । भने क्वारेन्टीनको वेर्ड संख्या ६ हजार ८ सय ४७ रहेको बताउनु भएको छ । जसले गर्दा नागरिकहरुमा अन्योलता बढेको छ ।
त्यस्तै सुर्खेतमा कोरोनाको संक्रमण ३ जनाका पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेका अनुसार पुष्टि भएका मध्य २ जना बराहताल र १ जना चौकुने गाउँपालिकाका हुन । तर तिवारीले भने त्यसको उल्टो चौकुने गाउँपालिकामा २ जना र बराहताल गाउँपालिकामा एक जना भन्नु भएको छ ।
समाजमा पछि गलत सुचना जानु भन्दा पहिले गुणस्तरियता संग जोडेर थप परिक्षणका लागि नेपाल पठाउनु परेको उहाको भनाई छ ।
आज मात्रै कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५, बबईमा आइपुगेका मध्य ३ सय ३१ जनाको आर.डि.टि विधिबाट कोरोना परिक्षण गरिएकोमा ११ जनाको शंकास्पद देखिएको उहाले बताउनु भएको छ । तर आवश्थक तयारी विना उहाँले दिएको जानकारीले थप अन्योलता बढाएको छ ।