Loading... 20 October 2020|   बुधबार, कार्तिक ५, २०७७   

सुर्खेतका ३ जनामा कोरोना संक्रमण पुष्टि, स्वास्थ्य स्थिती सामान्य

  |  880 Views

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज भएको पिसिआर परिक्षणमा सुर्खेतका ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका उनिहरु भारतबाट जेठ ८ गते बबई पुगेका थिय । यो संगै कर्णालीमा कोरोना भाइरस (कोभीड–१९) बाट संक्रमित हुनेको संख्या चार पुगेको छ ।

संक्रमित हुनेहरुमा सुर्खेत बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका एक जना रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले बताउनुभएको छ ।

उहाँका अनुसार बबइमा गरिएको आरडिटी परिक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनिहरुलाई वीरेन्द्रनगर स्थित खुलामञ्चको क्वारेन्टीनमा राखिएको थियो । सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा रिर्पोट पोजेटिभ देखिएपछि पुनःपरीक्षणका लागी नेपालगंञ्ज पठाइएको थियो ।

नेपालगञ्ज गरिएको पीसीआर परीक्षण समेत पोजेटिभ आएको उहाँले बताउनु भएको छ । यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैको कोरोना विशेष अस्पताल सुर्खेतमा चिकित्सक को निगरानीमा उपचार भैरहेको छ । स्वास्थ्य स्थिती सामान्य रहेको छ ।

प्रकाशित मितिः शनिबार, जेठ १०, २०७७     3:42:58 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *