Loading... 20 October 2020|   मंगलबार, कार्तिक ४, २०७७   

प्रहरीको संरक्षणमा वडा सदस्यको गुण्डागर्दी

  |  1643 Views


सुर्खेत । वीरेन्द्रनगर–४ की वडा सदस्य कमला पौडेल गैरेले प्रहरीको संरक्षणमा गुण्डागर्दी गर्दै आएकी छिन् । उनले प्रहरीको संरक्षणमा वीरेन्द्रनगर–४ मा आफन्त र पुर्व एमालेका पार्टी कार्यकर्ता लगाएर पटक–पटक छिमेकीलाई आक्रमण गर्दै आएकी छन् ।
टोल विकास समितिको विषयलाई लिएर उनले यस्तो आक्रमण गर्न लगाएकी हुन् ।

कृष्ण टोल विकास समितिमा भएका बिकासका गतिविधिलाई स्थानीय सिर्जनशिल कृष्ण युवा क्लवका अध्यक्ष विवस शाही र उपाध्यक्ष बिक्रम नेपालिले सचेत नागरिकका हैसियतले वडा मा भएका बिकास निर्माणका बारेमा जानकारी लिन खोज्दा उनीहरुलाई वडा सदस्य गैरेले आफ्ना कार्यकर्ता लगाएर कुटपिट गर्नुका साथै गाली गलौजसमेत गर्न लगाएकी हुन् ।

बारम्बार कुटपिट र घर तोडफोड गर्दा विवश शाही र उनका नातेदारहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएपछि प्रहरीले समेत उनीहरुको उजुरी नलिएर उल्टै दोषीलाई संरक्षण गरेको पीडित पक्षको भनाई छ ।

यसरी प्रहरीले नै गुण्डागर्दी गर्नेको संरक्षण गरेपछि अध्यक्ष शाही र उनका परिवारलाई वडा सदस्य गैरेका कार्यकर्ताले दुःख दिने गरेका छन् ।  जेठ २ गतेदेखि नै लगातार शाही लगायत क्लवका सदस्यहरुलाई शुक्रबारसम्म निरन्तर आक्रमण गरेपछि उनीहरु आज(शुक्रबार) फेरि अध्यक्ष शाही र उनका साथीहरु जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिए पनि प्रहरीले नेकपा कार्यकर्ता भएका कारणले उजुरी लिन नमानेको हो । शुक्रबार प्रहरीले उजुरीकर्ताको उजुरी दर्ता नगरी दोषीलाई केहि घण्टा समातेको नाटक गरेर पुनः छोडेको थियो ।

बिहिबार साँझ वडा सदस्य गैरेले  सुरेन्द्र सुनार, राजु बिक, उनकी श्रीमति र क्लवका अन्य सदस्यहरुलाई आक्रमण गर्न लगाएकी थिइन् ।

‘जेठ ३ गते कृष्ण टोलमा २०७७–०७८ को पहिलो टोल विकाश समितिको बैठकमा यहाँका बुद्धिजिवि, लगायत क्लबका ब्यक्तिहरुलाई खबर नगरीे बैठक बसेपछि हामीले त्यो बैठकको विरोध गर्यौं,’ क्लवका अध्यक्ष विवश शाहीले भने, अनि हामीले फेसबुकमा समेत यो कुराको विरोध गरेपछि वडा नम्वर ४ का वडा सदस्य कमला पौडेल गैरेले आक्रमण गर्न लगाइन ।’

पुन: दोस्रो चरणमा बसेको योजना तर्जुमाको बैठकमा निर्णय गर्ने क्रममा ३ गते त्यही विषयलाई लिएर वडा सदस्य गैरेले गुण्डाहरुलाई जाँड रक्सी खुवाएर हातहतियार सहित आएर क्लवका अध्यक्ष शाहीलाई कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रमाण सहित गएपनि प्रहरीले उजुरी नै दर्ता गर्न नमानेको अध्यक्ष शाहीको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, जेठ ९, २०७७     8:56:09 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *