Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

कर्णाली प्रदेशका अस्पतालहरुलाई एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

  |  262 Views

सुर्खेत । नेपाली कांग्रेसका नेता, कुमारी ट्रस्टका अध्यक्ष एवं समाजसेवी राजिवविक्रम शाहले कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका कर्णाली प्रदेशका अस्पतालहरुलाई एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । 

प्रदेश अस्पताल सुर्खेतमा ५ वटा आइसियु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगाएतका ७० लाख बराबरको स्वास्थ्य सामग्री दिएको छ । शाहले कर्णाली प्रदेशका अन्य जिल्ला अस्पतालमा हरेक जिल्ला अस्पताललाई ३ लाख बराबरको स्वास्थ्य सामग्री समेत हस्तान्तरण गर्नुभएको हो ।

कर्णालीमा कसरी स्वास्थ्य सेवाका पहुँच बृद्धि गर्ने सोचेर सहयोग गरिएको बताउदै कर्णालीमा रोगसँग लड्न निकै चुनौती भएको र भौगोलिक विकटता मात्र यहाँको स्वास्थ्य पूर्वाधार र जनशक्ति अवस्था नाजुक रहेको उहाँले बताउनुभयो ।

कोरोना बिरुद्ध लड्नका लागि सानो भएपनि कर्णालीका अस्पताललाई सहयोग गरेको शाहले बताउनुभयो । महामारी बिरुद्ध एक्लै सरकारले मात्र लड्न नसक्ने बताउदै सबै मिलेर चुनौतीको सामना गर्नुपर्नेमा उहाको जोड छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदान गरेको स्वास्थ्य सामग्रीले कर्णालीको कोरोनाका चुनौती बीच पनि केही राहत भएको बताउनु भएको छ । उहाले संक्रमणको यो समयमा शाहले गरेको सहयोग सधै स्मरणीय रहने बताउनु भएको छ । 

शाहले स्वर्गीय प्रभाकर शमशेरकी छोरी माया राणाको सहयोगमा कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । संविधान सभा पुर्व सदस्य समेत रहनुभएका उहाले प्रदेश प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेशका पत्रकारहरुलाई माक्स र सेनिटाईजर समेत प्रदान गर्नुभएको छ ।

प्रकाशित मितिः शुक्रबार, जेठ ९, २०७७     7:41:55 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *