Loading... 22 September 2020|   बुधबार, असोज ७, २०७७   

कर्णालीमा बन्दाबन्दी (लकडाउन) फितलो

  |  770 Views

बैशाख २२, सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउन जारी छ तर कर्णाली सरकार भने आफै लकडाउन पालनामा गम्भीर भएको देखिदैन ।

जोखिम बढाउने गतिविधिलाई निरुत्साहित गर्नु पर्नेमा त्यसो नगरि मुखदर्शक भएकोे प्रमाण तरकारी र अन्य दैनिक उपभोग्य सामान किनमेल हुने ठाउँका भिडहरुले पुष्टी गर्दछ । छिमेकी प्रदेशमा कोरोनाको संक्रमण पुष्टी भैसकेपछि त्यसले कर्णालीमा निम्त्याउने सक्ने जोखिम प्रति कर्णाली सरकार गम्भीर नभएको नेपाली कांग्रेस भेरीगंगा नगरपालिका सुर्खेतका सभापति बेदु गिरीको भनाई छ । उहाँका अनुसार कर्णाली भित्रीने मुख्य नाका भेरीगंगाको बबैमा सरकारले यात्रुहरुको उद्धारका क्रममा गरेको गतिविधिले जोखिम झन बढाएको छ । अहिले सम्म बबईमा क्वारेन्टिन बन्न नसक्नु दुखद भएको भन्दै सबै भन्दा जोखिममा भेरिगंगा र बिरेन्द्रनगर नगरपालिका रहेको गिरिले बताए ।  

कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा
तरकारी र अन्य दैनिक उपभोग्य सामान किनमेल हुने ठाउँमा सामाजीक दूरी पालना गर्नु पर्ने प्रावधानको ठाडो उल्लंघन भएको छ । प्रदेशका अधिकांस मन्त्रीहरु पत्रकार संग अन्तरवार्ता गर्दा भने यो समय आम्ने साम्ने बसेर जोखिम निम्तीने तर्क गर्ने गर्दछन ।

सामाजिक दुरी कायम गर्ने कुरा सकारात्मक होला तर परिक्षणको दायरा बढाउन नसक्नु कसको कमजोरी ? क्वारेन्टीन बसेकाहरु सबैको परिक्षण नगरेरै घर पठाउनु परेको अनुभव भेरीगंगा नगरपालिका सुर्खेतका उपमयेर   रेणु आचार्य संग पनि छ । 

“परिक्षण गर्ने समाग्रीको अभावमा उनिहरुलाई घर पठाउनु पर्यो”, उनले भनिन, “संघिय र प्रदेश सरकार यो विषयमा गम्भीर हुन जरुरी छ।” 

मन्त्रीहरुले सामाजिक दुरी कायम गर्दै क्वारेन्टीनमा बस्दा उनिहरु व्यक्तिगतरुपमा सुरक्षित त रहलान तर प्रदेशका नागरिकहरुले सुरक्षाको अनुभुति गर्नु पर्ने कि नपर्ने ? क्वारिटिन बसेका नागरिकहरुको परिक्षण विनानै १४ दिनपछि घर पठाएपछि पुनः संक्रमण देखिए त्यसको जिम्मेवारी कसले लिने ? बजारमा टाईमकार्ड लागु गरेर कालोबजारी बढ्न थालेको छ त्यसको नियन्त्रण गर्ने कसको दायित्व ? यी र यस्ता प्रश्नहरु नागरिक स्तरमा उठ्न थालेको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख २२, २०७७     4:03:41 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *