Loading... 21 January 2021|   शुक्रबार, माघ ९, २०७७   

तरुणदल सुर्खेतको सहयोग 

  |  523 Views

बैशाख २२, सुर्खेत । तरुणदल सुर्खेतले भेरीगंगा नगरपालिका सुर्खेतमा संचालन गरेका क्वारेन्टीनमा प्रोटिन यूक्त खाध्यान्न र माक्स वितरण गरेको छ । 

आईतवार भेरीगंगा नगरपालिकामा रहेका तीनवटा क्वारेन्टिनमा रहेकाहरुका लागि मासु र मास्क वितरण गरिएको हो ।

भेरीगंगाको छिन्चु, झिङ्नी र लोदेमा रहेका क्वारेन्टिनमा ६० किलो बोईलर कुखुरा र २५० थान मास्क वितरण गरिएको हो । तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले सुर्खेत जिल्लाका सबै पालिकामा सहयोग गर्ने योजना अनुरुपनै सहयोग गरिरहेको बताउनु भएको छ । 

स्थानीय सरकारले बनाएका क्वारेन्टिनहरुमा भएका मानिसलाई मनोबल कमजोर हुन नदिन हामीले सहयोग गरेका हौं,’ उहाले भन्नुभयो , ‘यहाँ सरकारका तर्फबाट खाना मात्र दिने गरिएकोले मासु अन्तैबाट सहयोग भईरहेको छ ।’

तेस्रो मुलुकबाट केही पनि आएको छैन तर स्वदेशका विभिन्न ठाउबाट आएका नागरिकहरुलाई क्वारेन्टीनमा राखिएको भन्दै नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले सहयोगका लागी तरुणदल सुर्खेतलाई धन्यवाद दिनुभएको छ । उहाँले युवाहरु आवद्ध संगठनबाट मानवीय सेवा हुनुपर्ने भन्दै तरुण दलले गरेको सहयोग अरु युवारुका लागि शिक्षा भएको बताउनुभयो ।

उपप्रमुख रेणु ढकाल आचार्यले क्वारेन्टीनमा बसेका हरुलाई १४ दिन पछि घर पठाउदा परिक्षण विनै पठाइएकाले जनगुनासो धेरै आएको बताउनु भएको छ । उहाँले प्रदेश सरकारसंग परिक्षणका सामाग्रीहरु माग गरिएको भए पनि उपलब्ध नभएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल छिन्चुमा रहेको क्वारेन्टिनमा ८७, झिङ्नीमा ५१ र लोदेमा रहेको क्वारेन्टिनमा ५४ जना बसेका छन् । ¥यापिटड डाईग्नोसिस टेस्ट (आरडिटी) का लागि कीट अभाव हुँदा क्वारेन्टिनमा बस्नेहरुको कोरोनाबारे परीक्षण गर्न समस्या भएको उहाले जानकारी दिनुभयो ।

नेपाल तरुणदल सुर्खेत निर्वाचन क्षेत्र नंम्बर १ का अध्यक्ष अम्मर वली ले आफुहरुको सानो सहयोगले क्वारेन्टीनमा बसेका नागरिकहरुको मनोबल उच्च हुने विश्वास व्यक्त गर्नुभयो ।

तरुणदलले ६० केजी मासु र २ सय ५० पिस माक्स प्रदान गरेको हो । तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्ट, क्षेत्र नम्बर १ का अध्यक्ष अमर वली, उपाध्यक्ष तथा भेरीगंगाका तरुण अध्यक्ष दिनेश पुनको सहयोगमा सामग्री वितरण गरिएको हो ।

सहयोग वितरणका क्रममा नगरपालिकाका मेयर चन्द, उपमेयर ढकाल, तरुण दल सुर्खेतका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका भेरीगंगा नगर सभापति बेदु गिरी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, बैशाख २२, २०७७     2:12:20 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *