सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को महामारी कम गर्न देश बन्दाबन्दी (लकडाउन )को अवस्था मा छ ।
आज सम्म नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। १६ जनाले कोरोनाको कहरलाई जित्दै नया जिन्दगी पाएका छन ।
अहिले विश्वमा कोरोनाको कहर बढेसँगै त्यसका लागि अहोरात्र खट्टिरहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुमा पनि जिम्मेवारी थप हुँदै गएको छ । यसरी आफ्नो ज्यान जोखिममा राख्दै राष्ट्र र जनताका लागि रातदिन, भोक-निन्द्रा नभनिकन उँहाहरुले गरेको सेवाप्रति समर्पित गर्दै र सबैलाई सम्मान प्रकट गर्दै हालै एक म्युजिक भिडियो तयार पारिएको छ ।
मे एक अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको छेको पारेर कोरोना भाइरस को महामारी चलिरहेको अवस्थामा फ्रन्ट्लाइनमा रहने तीन संबेदनशिल क्षेत्र को भुमिकामा आधारित भिडियो रिलिज गरिएको छ ।
भिडियोमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुसंगै वरिष्ठ कलाकार प्रेमदेव गिरी, चर्चित संचारकर्मी रवि लामिछाने, चर्चित नायक धिरेन शाक्य, वरिष्ठ कलाकार सुनिल थापा, वरिष्ठ रंगकर्मी द्वय बिरेन्द्र हमाल र गणेश गौतम, वरिष्ठ द्वन्द निर्देशक राजेन्द्र खड्गी, कलाकार कमलकान्त मैनाली, निर्देशक तथा छांयाकार राजु के सि, बिष्णु सापकोटा (हर्के हवल्दार), निर्मल शर्मा(गैडा), चिन्तामणी कंडेल, रेशम प्याकुरेल, घनश्याम गौतम, नन्दा बस्याल, नायक गजित बिष्ट, प्रेम शर्मा, नृत्य निर्देशक कुलमान नेपाली आदिलाई फिचरिङ गरिएको छ ।
गीतको बोल “मेरो पनि घर छ” रहेको छ जसमा शब्द, लय निर्मल प्याकुरेलको रहेको छ भने स्वर कविराज गिरीको रहेको छ । गीतको एरेन्ज हिमाल थापा मगरले गरेका हुन ।
भिडियो सुर्खेती यूवा सर्जक एवं चलचित्र निर्माता / निर्देशक निर्मल प्याकुरेलले निर्माण गरेका हुन ।