Loading... 9 August 2020|   आइतवार, साउन २५, २०७७   

नगरपालिकाको निर्णय अपरिपक्क भएको निर्माण व्यवसायीहरुको टिप्पणी

  |  559 Views

बैसाख १४, सुर्खेत । बन्दाबन्दी ( लकडाउन ) भन्दा अगाडि शुरुवात भएका योजनाहरु अगाडी बढाउन दिने वीरेन्द्रनगर नगरपालिकाको निर्णय अपरिपक्क भएको निर्माण व्यवसायीहरुले टिप्पणी गरेका छन । 

निर्माण व्यवसायी बखत बहादुर शाहीले बिकास निर्माणका काम गर्नका लागि आवश्यक कच्चा पदार्थ र दक्ष जनशक्ति वीरेन्द्रनगरमा उपलब्ध नभएको अवश्थामा गरिएको यस्तो निर्णय अपरिपक्क भएको टिप्पणी गर्नु भएको हो । 

निर्माण व्यवसायी एकता समाजका अध्यक्ष जनक बहादुर रावलले काम गर्न दिने निर्णय स्वागत योेग्य भएपनि वीरेन्द्रनगरका राज्यले दिएको सुरक्षाको नीति अवलम्बन गरेर काम गर्न सक्ने अवश्था नभएको बताउनु भएको छ । सडक पिच गर्ने खालका काम गर्न भने अहिलेको अवश्थामा गाह्रो हुने उहाँको भनाई छ ।  

वीरेन्द्रनगर नगरकार्यपालिकाको शनिबार बसेको बैठकले बन्दाबन्दी सुरु हुनुपूर्व संचालनको क्रममा रहेका विभिन्न पूर्वाधार निर्माण कार्यलाई मेसीन तथा जनशक्तिको प्रयोगबाट हुने काममा भौतिक दूरी कायम गरी रोगको संक्रमण फैलन नदिने उपायहरुको अलवम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरि परियोजना अगाडि बढाउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो ।

नगरपालिकाले निर्माण गर्नदिने गरि गरेको निर्णयले बाहिरबाट उपकरण ल्याई निर्माण गर्नुपर्ने संरचना निर्माण गर्न नसकीने निर्माण व्यवसायीको भनाई छ ।

 

 

प्रकाशित मितिः आइतवार, बैशाख १४, २०७७     5:06:45 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *