Loading... 15 May 2021|   आइतवार, जेष्ठ २, २०७८   

राष्ट्रिय फोटोपत्रकार समुह द्वारा राहत बितरण ( फोटो फिचर )

  |  326 Views

बुलबुले खबर, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहको संयोजनमा आज ललितपुरको झरुवाराशीमा रहेकोे बज्र इँटाभट्टामा काम गर्ने ६३ परिवारलाई प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, एक लिटर खाने तेल, एक प्याकेट नून, एक किलो सोयाबिन, एक किलो बोडी र एक एक साबुनका दरले वितरण गरेकोछ । कोरोना भाईरसका कारण बन्द रहेको सो भट्टाका मजदुरलाई राहत बितरण गरिएको हो ।

फिल्डमा गएर फोटोग्राफी गर्ने क्रममा सो भट्टामा पुगेका फोटोपत्रकारले बास्तुस्थिती खराब भएको र कयौं दिनदेखी कामदार भोका रहेका खबर सामाजिक संजालमा प्रकाशित गरेपछि कोरियामा रहेका एक फोटो पत्रकार, मलेसियामा रहेका व्यवसायी तथा हिमाल टाइम्सका प्रबन्ध निर्देशक विपीन राई, समूहका पूर्वअध्यक्ष कविन्द्रमान शाक्य राजुु ढुुङ्गेल , इन्दिरा नेपाल , वोनीता श्रेष्ठ तामाङ ,प्रवलरत्न तुलाधर ,मनोरमा पुडासैनी थापा , किशोर श्रेष्ठ , शिव सत्याल, रमेश शाक्य,सुरज श्रेष्ठ,उमेश वस्नेत , सुर्य तामाङ ,जितकुमार वलामी , सुर्य मर्हजन लगायत संस्थाका सदस्यको सहयोग प्राप्त भएको थियो ।

“हामी फोटो पत्रकार समाचार सङ्कलन मात्रै नभई सामाजिक सेवामा पनि उत्तिकै संलग्न छौ, भन्ने तथ्य स्थापित गरेका छौँ, आगामी दिनमा अन्य स्थानमा समेत सहयोग उपलब्ध गराउछौं, उहाँले भन्नुभयो । श्रमिकलाई राहत वितरणमा राससका फोटो पत्रकार प्रदीपराज वन्तले सामाजिक सञ्जालमार्फत संयोजन गर्नुभएको थियो ।

केही दिन पहिले रासससँगको कुराकानीका क्रममा अध्यक्ष थापाले उद्योगमा काम गर्ने मजदूरको प्रबन्ध गर्ने जिम्मेवारी उद्योग सञ्चालकको नै भएको समेत बताउनुभएको थियो । सो वडामा मात्रै पाँच इँटाभट्टा छन् । ती सबैमा एकै प्रकारको समस्या छ । उद्योग सञ्चालक सकेसम्म मजदूरको सम्पर्कमा नै आउन नचाहने, आइहाले पनि बिभिन्न बहाना बनाएर पन्छने गरेका छन् ।

प्रकाशित मितिः शनिबार, बैशाख ६, २०७७     10:45:20 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।