Loading... 21 January 2021|   बिहिबार, माघ ८, २०७७   

कर्णालीका बिद्यार्थीहरुलाई रिचार्ज बितरण गरि मनायो नेबिसंघ सुर्खेतले स्थापना दिवस

  |  523 Views

सुर्खेत, बैशाख ६ । बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन जारी छ । लकडाउनका बिच नेपाल बिद्यार्थी संघ सुर्खेतले आफ्नो ५१औं स्थापना दिवस मनाएको छ ।

लकडाउनका कारण मोबाईल रिचार्ज गर्न नसकेका कर्णाली प्रदेशका बिद्यार्थीहरुलाई रिचार्ज उपलब्ध गराएर नेेेबिसंघ सुर्खेतले आफ्नो स्थापना दिवस मनाएको छ।

सुर्खेत उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एबम सुर्खेत संचारका संचालक हर्ष बिक्रम खड्काले एक सय ९७ जना बिद्यार्थीहरुलाई एकसय रुपैयाँका दरले रु १९ हजार ७ सय बराबरको रिचार्ज उपलब्ध गराउनु भएको थियो । सामाजिक संजाल फेसबुक मार्फत सुचना संप्रेषण गरेर आवश्यक बिद्यार्थीहरुको नम्बर संकलन गरि रिचार्ज कार्ड उपलब्ध गराइएको नेपाल बिद्यार्थी संघ सुर्खेतका अध्यक्ष अध्यक्ष गौतम बिसिलेे जानकारी दिए ।

अध्यक्ष बिसिले अत्यन्तै जटिल परिस्थितिमा मानवीय सहयोग गर्नुभएकोमा उधोग बाणिज्य संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष हर्ष बिक्रम खड्कालाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

प्रकाशित मितिः शनिबार, बैशाख ६, २०७७     1:35:34 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *