Loading... 22 September 2020|   बुधबार, असोज ७, २०७७   

सरकार परिर्वतनको हल्लामा सत्यता छैन : सह–इन्चार्ज कंडेल

  |  522 Views

चैत ७, सुर्खेत । नेकपा कर्णाली प्रदेशका सह–इन्चार्ज एवं कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेलले सतहमा आएजस्तो सरकार परिर्वतनको हल्लामा सत्यता नभएको बताउनुभएको छ ।

शुक्रबार नेकपा संसदीय दलको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै २ वर्ष बढी भैसक्दा पनि देखिने गरि सरकारले एउटा पनि काम गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । अन्य पार्टीको विकल्प भएपनि नेकपाको देखिने गरि काम गर्नुको विकल्प नभएको बताउदै उहाँले विगत देखिनै सरकारको नेतृत्व संग र संसदीय दलको बैठकमा पटक पटक यस विषयमा कुरा उठाएको उहाँको भनाई छ । ‘अहिले सतहमा आएको जस्तो सरकार परिर्वतनको विषय नभएपनि सरकारको कार्यशैली चित्त बुझ्दो छैन’, उहाले भन्नुभयो । सरकारको आलोचना जनस्तरमा धेरै छ त्यसैले उच्च तहमा छलफल भएको भने सत्य हो ।

आफु संलग्न पार्टीले सरकारको नेतृत्व गरिरहेको अवश्थामा सरकारलाई प्रभावकारी रुपमा अगाडि बढाउन दायित्व र कर्तव्य भएपनि पछिल्लो २ वर्षमा कर्णालीले केही पनि नपाएको भन्दै समिक्षा गर्नुपर्ने बेला भएको उहाँले बताउनुभयो ।

कतिपयलाई पदमा पुग्नका लागि सरकारको विरोध गरेको लाग्ने गरेको उल्लेख गर्दै उहाँले सबै कुरा विर्सिनेहो भने बर्तमान अवश्थामा मुख्यमन्त्री बन्न कुनैपनि समस्या नभएपनि त्यो आफ्नो रुचिको बाटो नभएको बताउनुभयो । केन्द्रको राजनितिक निर्णय र प्रदेशसभा सदस्यहरुले पनि सरकार परिर्वतनका लागी छलफल गर्न सक्ने भन्दै उहाँले विधान अनुसारनै कुरा उठाउदै आएको उहाँको भनाई छ ।

पुर्व माओबादि र पुर्व एमाले भनेर पुर्व मान्यताका आधारमा अहिले पनि गरिने भागवण्डाका विषयमा आफ्नो विमत्ति रहेको उहाँको भनाई छ । यस किसिमको वातावरणले गर्दा कसैले व्यक्तिगत लाभ प्राप्त गर्न सकेपनि कर्णालीले केही नपाउने उहाँको दावी छ । पछिल्लो समय सरकार परिर्वतन र गुटगत राजिनिति गरेको आरोप कंडेल माथी लाग्दै आएको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र ७, २०७६     6:33:06 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *