Loading... 9 August 2020|   आइतवार, साउन २५, २०७७   

कोरोना भाईरसबाट आत्तिनु पर्ने अवश्था नभएपनि सम्यम्ता अपनाउन जरुरी छ : निर्देशक भण्डारी जोशी

  |  580 Views

फागुन २८, सुर्खेत । विश्वव्यापि रुपमा फैलीरहेको कोरोना भाईरसबाट कर्णाली प्रदेश हाल सम्म सुरक्षित रहेको भन्दै नआत्तिन तर सम्यम्ता अपनाउन स्वास्थ्य निर्देशनालयले अनुरोध गरेको छ ।

बुधबार प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रिता भण्डारी जोशीले आत्तिनु पर्ने अवश्था हाल सम्म नदेखिएपनि हरेक नागरिकले सम्यम्ता अपनाउनु पर्ने बताउनु भएको हो । रुघा खोकी ज्वरो लगायतबाट संक्रमित भएको व्यक्ति स्वास्थ्यकर्मीको निगरानिमा रहन सुझाव दिनुभयो । उहाँले कर्णाली प्रदेश अस्पतालमा २० ओटा आईसुलेसन बेड राखिएको भन्दै सम्भावित जोखिम प्रति सजग रहेको बताउनु भएको छ ।

धेरै मानिस जम्मा हुने ठाउमा सकभर नजाने र जानुपरे सुरक्षित महशुस हुने गरि जानु पर्ने उहाँको सुझाव छ । पत्रकार संगको अन्तरक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतनिधि वाग्लेले सुर्खेतको बबई, सुर्खेत एयरपोर्ट र पश्चिमको कुईनेमा हेल्थ डेक्स स्थापना गरि स्वास्थ्य परिक्षण गरिरहेको जानकारी दिनुभएको छ ।चीन संग सिमा जोडिएको हिल्सा नाकामा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय संगको समन्वयमा हेल्थ डेक्स स्थापना गरि सकिएको छ ।

पत्रकार संगको अन्तरक्रियामा प्रमुख वाग्लेले सुर्खेत लगायत कर्णाली प्रदेशमा आउदो चैत १ गते देखि दादुरा रुवेला विरुद्धको अभियान संचालन गरिने समेत जानकारी दिनुभएको छ । उहाले ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाउन आग्रह गर्नु भएको छ ।

सुर्खेतमा चैत १ गते देखि सुरुहुने अभियान ३ चरणमा संचालन हुने जनाईएको छ । पहिलो चरणमा चैत १ गते देखि ६ गते सम्म वीरेन्द्रनगरमा, ८ गते देखि १३ गते सम्ममा सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका, यस्तै तेस्रो चरणमा चैत १५ देखि १९ गतेसम्म चिंगाड गाउँपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकामा गरि करिव ४० हजार बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य निर्देशनालयले लिएको छ ।

नेपालबाट दादुरा रुबेला रोग पुर्ण रुपमा निवारण गर्न थालिएको अभियानमा तालिम प्राप्त स्वास्थ्यकर्मीले खोप लगाउने भएकाले ढुक्क भएर सहभागी हुन आग्रह गरिएको छ ।

प्रकाशित मितिः बुधबार, फागुन २८, २०७६     7:31:45 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *