Loading... 1 December 2020|   मङ्लबार, मंसिर १६, २०७७   

कोरोना भाइरसबाट जनतालाई जोगाउन कर्णाली प्रदेश सक्षम छ : मन्त्री रावल

  |  669 Views

फागुन २२, सुर्खेत । विश्वका धेरै देशहरुमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट जनतालाई जोगाउन कर्णाली प्रदेश सक्षम रहेको प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताउनुभएको छ ।

विहिबार संचार क्लवले गरेको पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री दल रावलले यस्तो बताउनुभएको हो । कर्णाली प्रदेश कोरोनाबाट जोगिन पूर्वतयारी थालेका छौँ र कर्णालीवासीलाई नआतिन आग्रह गर्नुभएको छ । आफुहरुले कर्णाली वासीलाई जोगाउन सरकारले तिनै तहका सरकारलाई पुर्व तयारीमा बस्न आदेश दिएपछि सचेतनामुलक कार्यक्रम पनि संचालन गर्न लागिएको उहाँले बताउनुभयो ।

कोरोनाको त्रासले कर्णालीवासीलाई नआतिन कोरोनाबाट जोगिन कर्णाली भित्रिने मुख्य नाकाहरुमा चेकजाँच र स्वास्थ्य परिक्षण गरिने भएको छ । विशेष गरी उत्तर दक्षिणका नाकाहरुमा (सल्यान-बबई-डोल्पा-हिंल्सा नाका) कर्णालीका नाकामा कडा भन्दा कडा निग्रानि गर्न लागिएको छ । साथै यहाँ हुने भेला गोष्ठी आदी जति सुकै कार्यक्रम नहुने बताइएको छ ।

कोरोना लाग्न बित्तीकै मृत्यु हुने होइन , बाच्न सक्ने सम्भावना ९८ प्रतिशत हुन्छ, मृत्यु हुनेमा २ प्रतिशत रहेको बाल रोग बिशेषज्ञ डाक्टर नवराज केसीले बताउनुभएको छ । यो आयो भन्नेर मर्ने भन्ने होइन र नआतिन आग्रह गर्नुभयो । उहाँले सामान्य रुवा खोकी लागेको बेलानै औषधी खाएपछि र सरसफाई मा ध्यान राख्न सुझाव दिनुभयो । सामान्य हो संक्रमितले मात्रले मात्र माक्स प्रयोग गर्ने संक्रमित नभएका व्यक्तिले माक्स नलाउदा पनि हुने उहाँको भनाई छ ।

कर्णाली प्रदेशमा कोरोना भित्रिने अवस्था आउदा माक्स नपाइएको अवस्थामा कपडाको माक्स सिलाएर भएपनि नागरिक सम्म पुर्याउन सक्ने क्षमता राख्नुपर्ने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताउनुभयो । कोरोना भैहालेको अवस्थामा यस प्रदेशको स्वास्थ्य संस्थाको अवस्था, नागरिकको अवस्था, उपलब्ध औषधिको अवस्थाले गर्दा निवारणमा समस्या हुने उहाँले बताउनुभयो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २२, २०७६     7:09:09 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *