Loading... 11 July 2020|   शनिबार, असार २७, २०७७   

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

  |  969 Views

 

फागुन २१, सुर्खेत । दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नं. ८ धरमपोखरा बजारबाट कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेततर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२–००१ज –०००७ नम्बरको जीप दैलेख र सुर्खेत जिल्लाको सीमानामा पर्ने राउटेगल्छीमा बुधवार विहान दुर्घटना भएको हो । जीपमा सात जना यात्रु मध्ये तीन जनाको मृत्यु भएको छभने अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दैलेखका प्रहरी प्रमुख (डीएसपी) हरि बहादुर वलीले मृत्यु हुनेमा सर्खेत चिङ्गाड गाउँपालिका वडा नं. ६ बस्ने आन्दाजी ५५ बर्षीय देबबहादुर खड्का, बीरेन्द्रनगर नगरपालिका वडा नं. १५ का ४५ बर्षीय खड्गबहादुर बुढाथोकी र उहाँकी श्रीमती ४० बर्षीया गोमा बुढाथोकी रहेको जनाउनुभयो ।

प्रकाशित मितिः बुधबार, फागुन २१, २०७६     7:55:35 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *