Loading... 24 September 2020|   बिहीबार, असोज ८, २०७७   

पुर्व विद्यार्थी शाही सम्मानित

  |  83 Views

माघ २९, सुर्खेत । यज्ञपिस होम्स एकेडेमीले आफ्ना पुर्व विद्यार्थी विजय शाहीलाई सम्मान गरेको छ ।
शाहीले १७ सेकेण्डमा १ सय २ शब्द स्मरण गरि विश्व कृतिमान कायम गरेको भन्दै विद्यालय परिवारले सम्मान गरेको हो ।

विद्यालय परिसरमा आयोजित बधाई ज्ञापन कार्यक्रममा विरेन्द्रनगर नगरपालिका का प्रमुख देबकुमार सुबेदीले विश्व कृतिमान कायम गरि गिनिज बुक अफ ओल्ड रेकर्डमा नाम लेखाउने विजय शाहीलाई बधाई दिदै थप सफलताको कामना गर्नुभएको छ । यज्ञपिस होम्स एकेडेमीका अध्यक्ष उपेन्द्र खड्काले विश्व कृतिमानी शाहीले नेपालको नाम राख्न सफल भएको मा बधाई दिदै आफ्नो स्कुलको पुर्व विद्यार्थी भएकाले विद्यालयको समेत नाम रोशन भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाले यस्तै कृतिमानी विद्यार्थी जन्माउने निरन्तर प्रयत्नमा विद्यालय परिवार लागेको समेत बताउनु भएको छ ।

विद्यालयका प्रधानाध्यापक मोहन पौडेल, मेयर सुवेदी र अध्यक्ष खड्काले विद्यालय परिसरमा शाहीलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।

प्रकाशित मितिः बिहीबार, फागुन १, २०७६     4:47:43 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *