Loading... 24 September 2020|   बिहीबार, असोज ८, २०७७   

ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

  |  878 Views

माघ १७, सुर्खेत । वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिराचोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ। सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्वरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु१ख ७६७० नम्वरको ट्रकले ठक्कर दिँदा ट्याक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयकाअनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका कार्कीको ट्याक्टरको ट्रलीले च्यापिएर मृत्यु भएको हो। ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका छन्। चार दिनअघि मात्रै वीरेन्द्रनगरको जुम्लारोडमा टिप्परको ठक्करबाट कालिकोटका एक युवकको मृत्यु थियो ।

प्रकाशित मितिः शुक्रबार, माघ १७, २०७६     11:54:16 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *