| 450 Views
बुलबुले खबर, काठमाडौ । नेपाली युवापुस्ता माझ चर्चित रहेका सर्बाधिक सफल गायक सुगम पोखरेलको “लाखौंमा एक” गीतको म्युजिक भिडियो सार्वजनिक भएकोछ ।
गायक सुगम पोखरेलको आवाज रहेको सोलो गीत धेरै पछी आएको हो । “यस गीत बाट मैले निकै राम्रो आशा गरेको छु, मेरा सोलो गीतहरु प्राए सबै जसो हिट छन् यस बाट पनि म ढुक्क छु” गायक पोखरेलले भने । म्युजिक भिडियोमा मोडल तथा गीतकार मनोज सिग्देल (युरेश) को शब्द संगीत रहेको यस गीतमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई फिचर्ड गरिएको छ ।
शान थापा निर्देशित यो भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेकाछन भने सम्पादन इन्टेन्सिभ एल्डको रहेकोछ । त्यस्तै देव दाहालले निर्माण गरेको यो गीतको संगित संयोजन गोपाल रसाइलीले गरेका हुन भने भिडियो लाई ओ एस आर डिजिटलको अफीसियल यूट्युब च्यानल राखिएकोछ ।
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।