Loading... 24 September 2020|   बिहीबार, असोज ८, २०७७   

स्थिती नियन्त्रण गर्न जिल्ला प्रशासनले लगायो कर्फ्यु

  |  735 Views

सुर्खेत, माघ १४ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अहिले बेलुकी ६: ३० बजे देखि भोली बिहान ६ बजे सम्म वीरेन्द्रनगरमा कर्फयू लगाएको छ ।

जिल्ला सुरक्षा समितीको आपतकालिन बैठक बसि उत्तेजित भिडबाट तोड्फोड, आगजनी र धनजनको क्षति हुन सक्ने भएको हुनाले पुर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक सम्म र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर तल सम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।

प्रत्यक्षदर्शीका अनुसार मोटर्साइकल साइड लगाउदै गर्दा  निकै स्पिड्मा आएको टिप्परले पछाडिबाट ठक्कर दिएर घटना भएको हो। दुर्घटनापछि स्थानीयवासीले सडक अवरुद्ध पारेका थिए । टिपरले ठक्कर दिएपछि मृतक अशोक सिंहलाई करिब २० मिटर टाढासम्म घिसारेको थियो ।

यसै बिच प्रदर्शनकारीको अवरोधका कारण दिनभर सवारी साधनसमेत चल्न सकेनन। चालकको लापर्वाहीले दुर्घटना भएको भन्दै मृतक सिंहका आफन्त र स्थानीयले कडा कारबाहीको माग गरेका छन् । उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन ।
यसै बिच आन्दोलनले उग्र रुप लिदा प्रहरीले भिड नियन्त्रण गर्नका लागि दर्जनौ अशुर ग्यास प्रहार गरेको छ । दोहोरो भिडन्त हुदा ६ आन्दोलनकारी र  ४ प्रहरी घाइते भएका छन् भने प्रहरीले रबरका गोली प्रहार गरेको छ ।

प्रकाशित मितिः मंगलबार, माघ १४, २०७६     5:59:51 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *