| 27619 Views
सुर्खेत, माघ १४ । बिरेन्द्रनगर ४ गौतम चोक नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल मा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सुर्खेत-जुम्लारोड नोबल एकेडेमि अगाडि भे १ ख २२४२ नम्बरको ट्रिप्परले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक रबि रावलले जानकारी दिनुभयो ।
प्रत्यक्षदर्शीका अनुसार मोटर्साइकल साइड लाउन खोज्दा निकै स्पिड्मा आएको टिप्परले पछाडीबाट ठक्कर दिएर घटना हुन पुगेको बताइएको छ । अहिले घटनास्थल वरपर सडक अबरुद्ध छ । टिप्पर र टिप्पर चालक लाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।