Loading... 9 August 2020|   आइतवार, साउन २५, २०७७   

सञ्चालन मै नआएको नवनिर्मित बसपार्क तोडफोड

  |  1139 Views

सुर्खेत पुस २९ । सोमबार राती कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन मै नआएको नवनिर्मित बसपार्क तोडफोड भएको छ ।

राती करिब साढे १२ बजे तिर तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका नगर नियमन कर्ता टंक प्रसाद आचार्यले घटनाको जानकारी आए संगै प्रहरीमा जाहेरी दिएको बताउनु भएको छ । उहाँका अनुसार तोडफोड बाट करिब तिनलाख बराबरको क्षेति भएको छ ।

बसपार्क निमार्ण सम्पन्न भैसेपनि अझै सञ्चालनमा आउन सकेको छैन । बसपार्क पुनः निमार्ण अघि पुरानो बसपार्कमा केहि व्यावसयिहरुले आफ्नो व्यवसाय संचालन गर्दै आएका थिए । केही दिन अघि नगरपालिकाले पूर्व सहमतिको पालना नगरेको भन्दै सोहि स्थानमा व्यवसाय संचालन गरेका ५४ व्यवसायीले उच्च अदालत सुर्खेतमा बोलपत्र प्रक्रिया रद्द गर्न रिट दायर गरेपछि उच्च अदालतले वीरेन्द्रनगर नगरपालिकालाई बस पार्क व्यवस्थापन प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो ।

यो संगै नवनिर्मित बसपार्क सञ्चालनमा अन्न्यौलता छाएको छ ।

प्रकाशित मितिः मंगलबार, पुस २९, २०७६     5:34:26 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *