Loading... 6 August 2020|   बिहीबार, साउन २२, २०७७   

छाउपडिप्रथा विरुद्ध परिचयपत्र जारी गर्दै बराहताल गाउँपालिका

  |  317 Views

पुस २८, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको एउटा स्थानिय तह वराहताल गाउँपालिकाले अब छाउपडिप्रथा विरुद्ध परिचयपत्र जारी गर्ने भएको छ ।

सोमबार बराहताल गाउँपालिकाको जनज्याति माध्यामिक विद्यालयमा आयोजित समुदाय प्रहरी साझेदारी अन्तरगत सचेतनामूलक कार्यक्रममा अध्यक्ष तेजबहादुर बस्नेतले गाउँपालिकाले परिचय पत्र जारी गर्ने तयारी गरेको जानकारी दिनुभयो । गाउँपालिकाले हरेक घरमा छाउगोठ नभएको परिचयपत्र वितरण गर्ने छ । त्यसै अनुरुप परिचयपत्र पाएकाहरुले मात्रै स्थानिय तहबाट प्राप्त हुने सेवा नागरिकले पाउने उहाँको भनाई छ ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख मोहनचन्द्र जोशीले समाजमा रहेका हरेक कुप्रथाहरु क्रमिक रुपमा हराउदै गएकाले छाउपडि प्रथा पनि निर्मुल हुने बताउनु भएको छ । उहाले त्यसका लागि समाजका हरेक नागरिकको साथ आवश्यक रहेकोमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिल्लीराज पन्तले छाउपडि प्रथालाई कानुनले नै अवरोध भनेको भन्दै यस्तो कुप्रथाको अन्त्यको विकल्प नभएको बताउनु भएको छ । जनप्रतिनिधि र सरकारी सेवामा रहेकाहरुले छाउपडि प्रथालाई प्रशय दिए कानुनले अन्य नागरिकलाई भन्दा दोब्बर सजायको व्यवश्था गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले छाउपडि प्रथाको अन्त्यका लागि स्थानिय सरकार वढि जिम्मेवार हुनु पर्ने सुझाव दिएका छन । उनिहरुले बराहताल गाउँपालिका लाईनै स्पष्ट योजना बनाएर छाउपडि प्रथा विरुद्ध उभिन सुझाएका हुन ।

प्रकाशित मितिः सोमवार, पुस २८, २०७६     6:37:00 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *