Loading... 22 September 2020|   बुधबार, असोज ७, २०७७   

पृथ्वी जयन्ती तथा एकता दिवसमा चियापान कार्यक्रम

  |  149 Views

सुर्खेत ,२७ पुस । २९८ औँ पृथ्वीजयन्तीका अवसरमा राप्रपा सुर्खेतले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । सरकारले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीमा सार्बजनिक बिदा नगरेको बिरोध गर्दै राप्रपा सुर्खेतले भव्य रुपमा मनाएको हो।

कार्यक्रम मंगलघडी चोक बाट र्‍याली सुरु भै बिरेन्द्रचोक पुगि राष्ट्र निर्माता पृथ्वीनारायण शाह को तस्वीरमा माल्यार्पण गरि उद्घाटन भएको थियो । कार्यक्रममा बोल्दै राप्रपा सुर्खेतका जिल्ला अध्यक्ष मान ब. खड्काले `पृथ्वी नारायण शाहको एकिकरणकै कारण आज नेपाल राज्य रहेको स्मरण गरे´ ।

कार्यक्रममा प्रदेश सभा सदस्य सोशिला शाही ,राप्रपाका केन्द्रिय सदस्य मुकुन्दश्याम गिरी, भद्र बहादुर शाही, प्रेम शाही, पुर्व जिविस उपसभापति बसन्त थापा लगायत पार्टीका विभिन्न भातृ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको पार्टीका प्रचार बिभाग सदस्य प्रेम बिसिले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, पुस २७, २०७६     7:29:57 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *