Loading... 9 August 2020|   आइतवार, साउन २५, २०७७   

निबेदन ल्याएर आउनुस, कर्णालीका युवाले अब रोजगारीको वातावरण सृजना गर्छन : मन्त्री भण्डारी

  |  226 Views

सुर्खेत, पुस २७ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक प्रदेश युवा सम्मेलनको सुरु भएको छ ।
नेपाल युवा परिषद केन्द्रिय कार्यलय र नेपाल युवा परिषद कर्णाली प्रदेशको संयुक्त आयोजनामा युवा सम्मेलन आईतबार बाट सुरु भएको हो ।

वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्र्दै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भिसाका लागी हानथाप गरी रहेका युवाहरुलाई उद्यमशिल बनाउन कर्णाली प्रदेशमा आकर्षण गरिने बताउनु भएको छ । कर्णाली प्रदेशलाई विश्व सामु चिनाउनका लागि युवा क्रियाशिल हुनु पर्ने बताउनु भएको छ । बाह्य युवालाई कर्णालीमा रोजगारका लागि निवेदन ल्याएर आउने वातावरण सिर्जनाका लागि युवाहरुले योजना बनाएर अघि बढ्नु पर्ने उहाँको भनाई छ ।

त्यस्तै कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयका सचिब डा. मानबहादुर बिकेले ८५ प्रतिशत नागरिक घर खर्च चलाउनका लागि कर्णाली प्रदेश भन्दा बाहिर जानु पर्ने बाध्यता रहेको बताउनु भएको छ । ५५ प्रतिशत नागरिक भारत लगाएतका ठाउमा गएर जोखिम पुर्ण काम गर्नु परेको अवस्था प्रदेशको मुख्य चुनौतिको रुपमा रहेको बताउनुभयो । अझौ पनि ७ प्रतिशत मानिस हप्ताका एक दिन भोकै सुत्नु पर्ने कर्णालीको अवस्था रहेको सचिब बिकेले बताउनुभयो । यस्ता समस्याका विषयमा कर्णाली प्रदेशका युवाहरुले विशेष ध्यानदिनु पर्ने उहाँको सुझाव छ ।

नेपालयुवा परिषद कर्णालीप्रदेशका संयोजक ईन्द्रजीत सुनारले बैदेशक रोजगारमाजाने युवाहरुलाई स्वदेशमै राजगारका अवसर खोज्नुपर्छ भनेर नेपाल युवा परिषद लागी परेको उहाँले बताउनुभयो ।

युवा उद्यमशीलता, युवा नेतृत्व, पर्यटन बर्ष २०२० को दिगो बिकास लक्ष्य , बातावरण तथा जलवायु परिवर्तन र सुचना प्रबिधिको बिकास गर्ने सम्मेलनको उद्देश्य रहेको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका झण्डै २०० जना सम्मेलनमा सहभागी भएका छन ।

प्रकाशित मितिः आइतवार, पुस २७, २०७६     4:53:03 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *