Loading... 6 August 2020|   बिहीबार, साउन २२, २०७७   

प्रदेश सरकार सामाजिक सुरक्षाका लागि कृयाशिल छ : मन्त्री भण्डारी

  |  233 Views

सुर्खेत, पुस २६ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सरकार सामाजिक सुरक्षाका लागि कृयाशिल भैरेहेको दावी गर्नुभएको छ ।

शनिबार विरेन्द्रनगरमा आयोजित प्रशान्ति बृद्धाश्रम केन्द्र को २१ औँ बार्षिक साधारण सभामा बोल्दै उहाँले मानविय चक्रानुसार एक पटक सबै नागरिक जिवनको एक विन्दुमा वृद्धावश्थामा पुग्नै पर्ने अवश्थाको आंकलन गरि त्यस अनुसार जेष्ठ नागरिक प्रतिको उत्तरदायित्व बहन गर्नुपर्ने बताउनु भयो । प्रदेश सरकार मानव सेवाका निम्ती गम्भीर रहेको समेत मन्त्री भण्डारीले स्पष्ट पार्नुभयो ।

हाल सम्म विभिन्न व्यक्ति तथा संस्थाबाट अक्षयकोषमा ८६ लाख जम्मा भएको र अबका केहि वर्षमा नै कोषमा एक करोड पु¥याउने लक्ष्य रहेको प्रशान्ति बृद्धाश्रम केन्द्रका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनु भएको छ ।

आश्रम केन्द्रको साधारण सभाका अवसरमा अक्षयकोष दातालाई सम्मान गरिएको छ । आश्रम संग आवद्ध सदस्यहरु मध्यबाट पारिवारिक सम्बन्ध सुमधुर भएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ । प्रशान्ति बृद्धाश्रम केन्द्रका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

प्रकाशित मितिः शनिबार, पुस २६, २०७६     7:52:40 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *